शनिबार, जेठ ५, २०८१

नेपाली कांग्रेस-प्रदेश २ मा मतदान जारी, ११५० ले गरिसके मतदान

नेपालखोज २०७८ पुष ८ गते १६:२३

काठमाडौं । नेपाली कांग्रेसको प्रदेश २ को नयाँ नेतृत्वका लागि मतदान जारी छ । आज मतपत्र छपाइमा भएको ढिलाइका कारण १० बजेदेखि मतदान सुरु भएको थियो । दिउँसो ४ बजेसम्ममा ११५० जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ ।

दिउँसो ३ बजेसम्मका लागि मतदानको समय तोकिए थियो । तर, मतदान गर्नेको संख्या अझै उल्लेख्य रहेकाले जनकपुरधामको गोपाल धर्मशालामा बेलुकासम्म मतदान हुदैछ । ८ जिल्ला रहेको प्रदेश २ मा ४ बुथको व्यवस्था छ । धनुषा–महोत्तरी, सिराहा–सप्तरी, सर्लाही–रौतहट र बारा–पर्साका गरेर चार वटा बुथ तोकेर मतदाताले मतदान गरिरहेका छन ।

नेतृत्वका लागि संस्थापन पक्ष र कोइराला–निधि पक्ष आफ्नो समूहसहित चुनावमा होमिएका छन । संस्थापन पक्षले रौतहटका सभापति कृष्णा यादव र कोइराला–निधिले रामसरोज यादवलाई मैदानमा उतारेका छन । ७२ पदका लागि १७४ जना चुनावी मैदानमा छन ।
प्रदेश २ का ८ जिल्लाका २ हजार मतदाताले मतदान गर्ने जनाइएको छ ।

प्रतिक्रिया