शुक्रबार, वैशाख २१, २०८१

२०२२मा वृहस्पतिको कृपा प्राप्त गर्नेहरु

नेपालखोज २०७८ पुष ९ गते ७:२५

वृहस्पति ग्रहलाई ज्ञान, शिक्षक, सन्तान, दाजु , शिक्षा, धार्मिक कार्य, पवित्र स्थल, धन, दान, पुण्य तथा वृद्धि आदिको कारक ग्रह मानिन्छ । वृहस्पति ग्रह २७ नक्षत्र मध्ये पुनर्वसु, विशाखा तथा पूर्वा भाद्रपद नक्षत्रका स्वामी हुन् । वृहस्पति यतिबेला कुम्भ राशिमा विराजमान छन् । २०२२ मा केही राशि प्रति वृहस्पतिको विशेष कृपा रहनेछ । यी राशिका स्वामिहरु वृहस्पतिकै कारण संकट मुक्त हुनेछन् ।

मेष राशि
-शुभ परिणाम प्राप्त हुनेछ ।
-धन- लाभ को योग छ ।
-आध्यात्मिक तथा धार्मिक कार्यमा सहभागी हुने अवसर जुटनेछ ।
-नोकरी तथा व्यापारमा उन्नति हुनेछ ।
-वैवाहिक जीवन सुखमय रहनेछ ।
-नयाँ सवारि साधन वा घर-जग्गा खरीदको सम्भावना पनि छ ।
-काममा सफलता प्राप्त हुनेछ ।

मिथुन राशि
-धन- लाभ हुनेछ भने आर्थिक पक्ष मजबुत रहनेछ ।
-भाग्यले साथ दिनेछ ।
-समय वरदान समान रहनेछ ।
-वैवाहिक जीवन सुखमय देखिन्छ ।
-परिवारका सदस्यहरु सहयोगि रहनेछन् ।
-मान- सम्मान प्राप्त हुनेछ ।
-पद- प्रतिष्ठा वृद्धि को योग समेत छ ।

तुला राशि
-समय फलदायक रहनेछ ।
-नोकरी तथा व्यापारका लागि समय शुभ रहला ।
-वैवाहिक जीवनमा सुखक‍‍ो अनुभव गरिनेछ ।
-धन-लाभको योग छ।
-कार्यक्षेत्रमा कामको प्रशन्सा हुनेछ ।
-नयाँ-नयाँ अवसर जुटने छन ।
-आध्यात्मिक झुकाव बढनेछ ।

वृश्चिक राशि
-धन लाभ हुनेछ भने आर्थिक पक्ष मजबुत रहनेछ ।
-मान- सम्मान तथा पद- प्रतिष्ठामा वृद्धि हुनेछ ।
-नोकरी एव व्यापारमा लाभको योग छ ।
-शिक्षा क्षेत्रमा भएकाहरुले शुभ फल प्राप्त गर्नेछन् ।
-दाम्पत्य जीवन सुखमय रहनेछ ।
-कार्यक्षेत्र प्रशंसित भइनेछ ।
-परिवारका सदस्यहरुको सहयोग प्राप्त हुनेछ ।

सिंह राशि
-आर्थिक समस्याबाट छुटकारा मिल्नेछ ।
-नयाँ वाहन वा घर खरिद हुने योग छ ।
-काममा सफलता हात पर्नेछ ।
-दाम्पत्य जीवन सुखमय रहनेछ ।
-परिवारका सदस्य तथा साथिभाईले सहयोग गर्नेछन् ।
-यो समय तपाईंका लागि वरदान सरह रहनेछ ।
(यहाँ प्रस्तुत सूचना सामान्य मान्यता तथा जानकारीहरुमा आधारित छ । नेपालखोज अनलाइनले यसको आधिकारिकता पुष्टि गर्दैन ।)

प्रतिक्रिया