शनिबार, जेठ ५, २०८१

लुम्बिनी विकास बैंकको वार्षिक प्रतिवेदन पारित

नेपालखोज २०७८ पुष ९ गते २३:००

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले शुक्रबार आफ्नो १४औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभाले आव २०७७–०७८ को वार्षिक प्रतिवेदन पारित गरि आव २०७८–०७९ को लागि लेखा परीक्षकको नियुक्तिलगायतका प्रस्तावहरुसँगै सेयरधनीहरुलाई शुन्य दशमलव ६८ प्रतिशत नगद लाभांश (कर प्रयोजन) र १३ प्रतिशत बोनस सेयरसहित कुल १३ दशसलव ६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गरेको छ ।

बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसालको अध्यक्षतामा सम्पन्न १४औं वार्षिक साधारण सभामा बैंकले कोभिड–१९ को परिस्थितिलाई मध्यनजर गर्दै भर्चुअल माध्यमबाट सेयरधनीहरुलाई सहभागिता गराएको थियो ।

सभामा अध्यक्षले सञ्चालक समितिको तर्फबाट आव २०७७–०७८को वार्षिक प्रतिवेदन उपर प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट सहभागी भएका सेयरधनीहरुले राखेका जिज्ञासाहरुको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत नरेश सिहं बोहराले स्पष्ट पारेका थिए ।

बैंकले निरन्तर सहयात्रा भन्ने नाराका साथ देशभरका ३१ वटा जिल्लामा ७७ शाखाहरु र १७ वटा एटिएमबाट आफ्ना करीब ३ लाख भन्दा बढी ग्राहकहरुलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दे आईरहेको छ ।

प्रतिक्रिया