शनिबार, जेठ ५, २०८१

क्रिसमसको उपलक्ष्यमा निसानको ‘निसान विक’

नेपालखोज २०७८ पुष १० गते १९:३३


काठमाडौं । क्रिसमस र नयाँ वर्षको उपलक्ष्यमा निसानको आधिकारीक बिक्रेता पायोनियर मोटो कर्पले ‘निसान विक’ आयोजना गरेको छ ।

२६ डिसेम्बरबाट २ जनवरीसम्म हुन लागेको निसान विकमा निसान किक्सको खरिदमा २,५०,००० सम्मको डिस्काउन्ट पाउन सकिने छ । यसका साथै निसानले स्पट एक्सचेन्ज र भ्यालुएसनको सुबिधा पनि उपलब्ध गराएको छ ।

ग्राहकहरुले यो अवधिभर देशभर रहेको निसान शोरुमबाट टेस्ट राइड गरेमा १ लक्की ग्राहकले रेडमी १० प्राइम जित्ने अवसर पाउनेछन । साथै हरेक ग्राहकहरुले एक वर्षको निःशुल्क बिमा, एक वर्षको निःशुल्क सडक कर, तीन वर्षको निःशुुल्क सर्भिसिङ्ग, तीन वर्षको वारेन्टी, लोयल्टी बोनस र अन्य अफरहरुको लाभ उठाउन सक्ने आधिकारी बिक्रेताले जनाएको छ । यो अफर देशभर रहेका हरेक निसान शोरुमहरुमा लागू हुनेछ ।

प्रतिक्रिया