शनिबार, जेठ ५, २०८१

सामाजिक उत्तरदायित्वअन्तर्गत सिद्धार्थ बैंकले गर्यो सरसफाइ

नेपालखोज २०७८ पुष ११ गते १५:००

काठमाडौं । सिद्धार्थ बैंकले आफ्नो १९ औं वार्षिकोत्सवको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वातावरणलाई सफा राख्न सातै प्रदेशका विभिन्न स्थानमा सरसफाइ कार्यक्रम गरेको छ । सरसफाइ कार्यक्रममा बैंकका कर्मचारीहरुका साथै स्थानीय बासिन्दाको पनि सहभागिता थियो ।

वातावरण सफा राखी सौन्दर्य कायम गर्ने उद्देश्यसाथ देशका सातै प्रदेशका २३ स्थानमा सरसफाइ कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ । यसअन्तर्गत प्रदेश १ को बनसखन्डी मन्दिर विराटनगर, श्री कृष्ण प्रणामी मन्दिर इटहरी, नमुनामार्ग दमक, मेन चोक, इलामबजार, सुपारी लाइनदेखि हनुमान मन्दिर काँकडभिट्टामा सरसफाइ कार्यक्रम गरिएको हो । यसैगरी प्रदेश २ शिवमन्दिर वीरगन्ज चिनी मिल क्षेत्र र राम मन्दिर जनकपुर क्षेत्रमा सरसफाइ कार्यक्रम गरिएको हो ।

यसैगरी वाग्मती प्रदेशअन्तर्गत भने काठमाडौंको स्वयम्भू, बूढानीलकण्ठ मन्दिर, चाबहिल गणेश मन्दिर र कमलपोखरी क्षेत्रमा सरसफाइ कार्यक्रम गरिएको हो । यसैगरी ललितपुरको बगलामुखी मन्दिर र भक्तपुरको सूर्यविनायक गणेश मन्दिरमा पनि सरसफाइ कार्यक्रम गरिएको बैंकले जनाएको छ ।

यसैगरी गण्डकी प्रदेशअन्तर्गत मनकामना मन्दिर र लुम्बिनी प्रदेशअन्तर्गत सोमाई माई मन्दिर भैरहवा, कालिका मन्दिर परिसर तुलसीपुर र बागेश्वरी मन्दिर र हडिया बाबा आश्रम परिसर नेपालगन्जमा पनि सरसफाइ कार्यक्रम गरिएको बैंकले जनाएको छ । कर्णाली प्रदेशअन्तर्गत बेलासपुर मन्दिर परिसर दैलेख, कृष्ण मन्दिर र चन्दननाथ मन्दिर परिसर जुम्ला र कालिका मन्दिर परिसर मुसिकोटमा सरसफाइ गरिएको छ ।

सुदूरपश्चिम प्रदेशअन्तर्गत शिवपुरीधाम धनगढी, टीकापुर चोक, उग्रतारा मन्दिर र डढेलधुरामा सरसफाइ कार्यक्रम गरिएको बैंकले जानकारी दिएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले वातावरण, शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा सहभागिता जनाउँदै सकारात्मक परिवर्तनका लागि योगदान पुर्‍याउँदै आएको छ ।

प्रतिक्रिया