आइतबार, जेठ ६, २०८१

‘ए’ डिभिजन लिग : आज सातदोबाटो र जावलाखेलबीच प्रतिस्पर्धा हुने

नेपालखोज २०७८ पुष १२ गते ७:२१

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज एक खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

सातदोबाटो र जावलाखेलबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ। सातदोबाटो आज जित निकाल्दै अंक तालिका सुधार गर्न चाहन्छ। सातदोबाटो ५ खेलमा ८ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । जावलाखेललाई हराएममा सातदोबाटो चौंथो स्थानमा उक्लनेछ ।

जावलाखेल ५ खेलमा ४ अंक जोडेर १२ औं स्थानमा रहेको छ । आज सातदोबाटोलाई हराएर जावलाखेल पनि अंक तालिका सुधार गर्न च्चाहांचा । लिगमा १४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । पुछारका दुई टोली रेलिगेसनमा पर्नेछ।

प्रतिक्रिया