शनिबार, जेठ ५, २०८१

एसियन सिनियर सेन्ट्रल जोन : महिलातर्फ नेपाल र उज्वेकिस्तानबीच आज फाइनल हुँदै

नेपालखोज २०७८ पुष १३ गते ९:४१

ढाका । एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप प्रतियोगितामा महिलातर्फको फाइनल खेल हुँदैछ ।

उपाधिका लागि नेपालले आज (मंगलबार) उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । ढाकाको मिरपुरस्थित सहिद शुरवार्दी इन्डोर स्टेडियममा आज बिहान सवा ११ बजे दुई देशहबीचको खेल सुरु हुँदैछ ।

लिग चरणको खेलमा नेपालले उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । नेपालले शीर्ष स्थान र उज्वेकिस्तानले दोस्रो स्थान हासिल गर्दै फाइनलमा पुगेका हुन् ।

महिलातर्फको तेस्रो स्थानका श्रीलंका र किर्गिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । यसैगरी, पुरुषतर्फ आज नेपाल र उज्वेकिस्तानबीच तेस्रो स्थानका लागि दिउँसो सवा १ बजे खेल सुरु हुनेछ ।

प्रतिक्रिया