आइतबार, वैशाख २३, २०८१

लगातार दोस्रो पटक एभिसी एसियन सेन्ट्रल जोनको उपाधि नेपाललाई

नेपालखोज २०७८ पुष १३ गते १५:११

काठमाडौँ – नेपाली राष्ट्रिय महिला भलिबल टोलीले एभिसी एसियन सेन्ट्रल जोनको उपाधि कब्जा गरेको छ । आज बंगलादेशको ढाकामा सम्पन्न फाइनल खेलमा नेपालले उज्वेकिस्तानलाई ३-२ को सेटमा हरायो । निक्के प्रतिस्पर्धात्मक खेलमा नेपाल विजयी बन्न सफल भयो ।

पहिलो सेट २६-२४ ले जितेको नेपालले दोस्रो सेट २४-२६ ले गुमाएको थियो । तर, तेस्रो सेटमा पुनरागमन गर्दै नेपालले २५-१५ को नतिजा निकालेको थियो । तर, चौथो सेट उज्वेकिस्तानले जितेपछि खेलको निर्णय पाँचौ सेटबाट तय भएको थियो । पाँचौ सेट नेपालले १५-१० ले जितेको थियो ।

नेपालले दुई वर्षअघि आयोजित पहिलो संस्करणमा मालदिभ्सलाई फाइनलमा सोझो सेटमा पराजित गर्दै उपाधि जितेको थियो ।

प्रतिक्रिया