आइतबार, वैशाख २३, २०८१

सर्वोच्च अदालतको आदेशले खेलकुदमा दीर्घकालिन असर

नेपालखोज २०७८ पुष १३ गते १८:०२

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले सर्वोच्च अदालतको आदेशले खेलकुदमा दीर्घकालिन असर गरेको बताएका छन् ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) को साधारण सभाको मंगलबार उद्घाटन गर्दै गहतराजले अदालतबाट अल्पकालिन आदेश आएपछि खेलकुदमा दीर्घकालिन असर गरेको औल्याएका हुन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवको विषयमा सर्वोच्च अदालतको आदेशले खेलकुदमा दुर्भाग्यपूर्ण अवस्थामा पुगेको बताएका हुन् । मन्त्री गहतराजले अहिलेको खेलकुदको विषय कुनै व्यक्तिसँगको नभई देशको समग्रह खेल क्षेत्रको विसकासँग जोडिएकाले यस विषयलाई अदालतले अग्राधिकारमा राख्दै हेर्नु पर्ने धारणा राखे ।

उनले अदालतको निर्णय जसको पक्षमा आए पनि आफुलाई स्वीकार्य रहेको बताए । यता नेपाल ओलम्पिक कमिटिमा अध्यक्ष जीवनराम श्रेष्ठाले, मैदान र खेल संघमा हुनु पर्ने खेलकुदल सबोच्च अदालतमा भइरहेको आरोप लगाए ।

सरकारले राखेपका तत्कालिन सदस्य सचिव रमेशकुमार सिलवाललाई हटाएर टंकलाल घिसिङलाई सदस्य सचिवमा नियुक्त गरेपछि पूर्व सदस्य सचिवन रमेश कुमार सिलवाल अदालत पुगेका थिए ।

सोहि विषय अदालतमा पुगेपछि अदालतले दुवै पक्षलाई पुस १२ गते छलफलका लागि बोलाएको थियो । तर १२ गते समय अभावको कारण देखाउँदै अदालतले मुद्धा हेर्दाहेर्दैमा राखेको छ ।

प्रतिक्रिया