सोमबार, वैशाख १७, २०८१

‘शिखर शब्दले तृप्ति दर्शाउँछ’

नेपालखोज २०७८ पुष १४ गते ९:३८

‘अत्यधिक खाना र विचारहरूले अल्छीपन उत्पन्न हुन्छ’

-मानिसको बुद्धि जति बढी विकसित हुन्छ, त्यहाँ यत्तिकै विश्वास गर्न त्यति नै कम स्थान हुन्छ ।
-जब तपाईं आफूलाई आफूले चाहे जसरी निर्माण गर्न सक्नुहुन्छ, तब तपाईं आफ्नो जीवनलाई पनि आफूले चाहे जसरी निर्माण गर्न सक्नुहुन्छ ।
-माटोको सम्पर्कमा रहनाले यो स्मरण हुन्छ कि तपाईंको शरीर पनि त्यही माटो हो । यो कहिल्यै नभुल्नुहोस् ।
-निष्ठा भनेको यो हो- तपाईं जे भन्नुहुन्छ, तपाईं जे गर्नुहुन्छ, तपाईं जे सोच्नुहुन्छ अनि तपाईं आफू वरपरको जीवनलाई जसरी महसुस गर्नुहुन्छ, त्यसमा तालमेल हुनुपर्छ ।
-चाहे तपाईंको शरीर होस्, तपाईंको मन वा तपाईंका ऊर्जाहरू- तपाईं तिनलाई जति बढी प्रयोग गर्नुहुन्छ, ती त्यति बढी राम्रा हुन्छन् ।
-ताराहरूले जेसुकै भनून्, त्यसले केही फरक पार्दैन । जब तपाईं यहाँ मनुष्यको रूपमा आउनुभएको छ, तपाईं आफ्नो जीवनको मालिक हुनुपर्ने हो ।
-कल्याणको बारेमा हाम्रो जे सोच छ, त्यसमा यस धरतीका सबै जीवहरूलाई समावेश नगरुन्जेल, हामी आफूलाई मनुष्य भन्न सक्दैनौँ ।
-जीवनमा सहजै अघि बढ्न, बच्चाहरूलाई यस्तो माहोल आवश्यक हुन्छ, जसले उनीहरूको भित्री शक्तिलाई हुर्काउँछ ।
-अल्छीपन, अत्यधिक खाना वा अत्यधिक विचारहरूले उत्पन्न हुन्छ ।
-तपाईंको जीवन अनि तपाईं जीवनलाई जुन तरिकाले अनुभव गर्नुहुन्छ, त्यो पूर्णत: तपाईंको रचना हो । यो कुरा तपाईंमा भित्रैसम्म गढ्यो भने मात्र, तपाईं सच्चा साधक बन्नुहुनेछ ।
-जो मानिसहरूले आफ्नो सम्बन्धलाई तार्किक रूपमा जाँच गर्छन्, तिनले सम्बन्धहरू टिकाउन सक्दैनन् । दुई शरीरहरू, दुई मनहरू, दुई भावनाहरू कहिल्यै पनि पूर्णतया मिल्न सक्दैनन् । सँगै रहनुको चमत्कारलाई तर्कको दायराभित्र अटाउन सकिँदैन ।
-सबैथरीका जिज्ञासुहरूका लागि पर्वतहरू सदैव प्रेरणा बनेका छन् । शिखर शब्दले तृप्ति दर्शाउँछ । मेरो कामना छ कि तपाईं आफ्नो मूल जीवनको शिखर अनुभव गर्नुहोस् ।

प्रतिक्रिया