सोमबार, वैशाख १७, २०८१

मुकेश अम्बानीले २०२१ मा पढेका उत्कृष्ट ५ पुस्तक

नेपालखोज २०७८ पुष १५ गते ११:४९

काठमाडौं । भारतको रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी एसियाकै धनी व्यवसायी हुन् । मुकेशले २०२१ को महामारीकाल कसरी बिताए त ? न्युज पोर्टल ब्लुमबर्गको रिपोर्टअनुसार अम्बानीले यो लकडाउनको फुर्सदको फाइदा उठाउँदै केही पुस्तक पढेर सिध्याए । २०२१ मा उनलाई सफल बनाउन यी केही पुस्तकको पनि योगदान भएको अम्बानी बताउँछन् । मुकेश अम्बानी २०२१ मा आफूले पढेका पुस्तकमध्ये ५ वटा उत्कृष्ट पुस्तकको नाम यसरी सम्झन्छन् ।

अम्बानी आफूले यो वर्ष पढेका पुस्तकमध्ये ‘​टेन लेसन्स फर ए पोस्ट प्यान्डमिक वर्ल्ड‘ शीर्षकको पुस्तकको नाम सबैभन्दा पहिले लिन्छन् जसका लेखक फरिद जाकरिया हुन् । अम्बानीका अनुसार लेखक जाकरियाले यो पुस्तकमा कोरोना महामारी र हालका दिनका केही विनाशकारी घटनाबीचको केही समानता दर्शाएका छन् । जाकरियाले यो पुस्तकमा अक्सर अन्तर्राष्ट्रिय संकट अस्थिर जीवनशैली तथा कमजोर शासन संरचनाका कारण उत्पन्न हुने कुरा बताएका छन् । उनका अनुसार यी मुद्दाको तत्काल समाधान गर्नुपर्ने आवश्यकता छ जुन कुशल नेतृत्व, जीवनशैलीमा परिवर्तन तथा प्रभावशाली अन्तर्राष्ट्रिय सहयोगबाट मात्र हासिल गर्न सकिन्छ ।

​अम्बानीलाई मन परेको अर्को पुस्तक रे डालियोद्वारा लिखित पुस्तक हो । जसको शीर्षक ‘प्रिन्सिपल्स फर डिलिङ विद् द चेन्जिङ वर्ल्ड अर्डर : ह्‌वाई नेसन्स सक्सिड एन्ड फेल’ छ । मुकेश भन्छन्- यो एउटा रुचिपूर्ण पुस्तक हो जसले ती डायनामिक्सहरुलाई इंगित गर्छ जसले ५०० वर्षभन्दा लाम‍ो इतिहासमा प्रमुख देशहरुको सफलता तथा अफलताहरुलाई निर्धारित गरेको छ ।

मुकेश अम्बानीको फेबरेट पुस्तकको तेस्रो सूचीमा ​’ द रेजिङ २०२० : कम्पनिज, कन्ट्रिज, पिपुल एन्ड द फाइट फर अवर फ्युचर’ छ जसका लेखक एलेक रोस हुन् । अम्बानी भन्छन्- यो पुस्तकले कैयौं दशकदेखि आधुनिक सभ्यता कायम गर्ने सामाजिक अनुबन्ध (सरकारहरु, व्यवसायी तथा मानिसहरुबीचको अव्यक्त सम्झौता) कसरी डिजिटल युगमा परिवर्तनबाट गुज्रिरहेकोछ भन्ने कुरालाई गहिराइमा पुगेर विश्लेषण गरेको छ ।

मौरो गुइलेनद्वारा लिखित ‘२०३० : हाउ टुडेज बिगेस्ट ट्रेड्स विल कोलाइड एन्ड रिसेप द फ्युचर अफ एभ्रिथिङ‘ का बारेमा मुकेश अम्बानीको भनाइ छ- यो पुस्तक २०३० को संसारको स्थितिका बारेमा गरिएको व्यवहारिक अनुमानमा आधारित छ । यो पुस्तक खासगरी जनसंख्यामा देखिने सम्भावित परिवर्तन र अन्तर्राष्ट्रिय आर्थिक सम्भावनामा केन्द्रित छ ।

​अम्बानीलाई मनपरेको अर्को पुस्तक ‘बिग लिटिल ब्रेक थ्रोज : हाउ स्मल, एभ्रिडे, इनोभेसन्स ड्राइभ ओभरसाइज्ड रिजल्ट्स‘ हो जसलाई जोस लिन्करले लेखेका हुन् । अम्बानीका अनुसार, यो किताब उद्यमीहरुले पढ्नै पर्ने किताब हो । अम्बानी भन्छन्- यो पुस्तक पढेर के अनुभव गर्न सकिन्छ भने कसरी एउटा सानो रचनात्मक कार्यले पनि बिजनेसमा ठूलो रिवार्डको काम गर्छ ।

प्रतिक्रिया