बिहीबार, वैशाख १३, २०८१

२०२१ का टप फाइभ स्मार्टफोन

नेपालखोज २०७८ पुष १५ गते १४:४७

काठमाडौं । फाइभ जी फोनको कुरा गर्दा वर्ष २०२१ मा एप्पलका स्मार्टफोनको दबदबा उस्तै देखियो । यद्यपि यो वर्षको बेस्ट सेलिङ स्मार्टफोनमा एप्पलको लेटेस्ट लन्च आइफोन-१३ सिरिजका स्मार्टफोनहरु परेनन् बरु २०२० मै लन्च भएको आइफोन-१२ सिरिजका दुई स्मार्टफोन संसारका बेस्ट सेलिङ स्मार्टफोनमा परे । ती स्मार्टफोन हुन्- आइफोन-१२ तथा आइफोन-१२ प्रो । यी दुवै स्मार्टफोनक‍ो सिपमेन्ट २०२१ मा संसारभर सबैभन्दा बढी रह्यो ।

आइफोन-१२ तथा आइफोन-१२ प्रोको सफलताका कारण एप्पल संसारको नम्बर एक स्मार्टफोनमा कायम रहन सफल भयो । स्ट्रेटेजी एनालिटिक्सको रिपोर्टअनुसार एप्पल संसारभरमा २५ प्रतिशत मार्केट सेयरका साथ लिडिङ फाइभ जी ब्रान्ड रहयो । एप्पलपछि दोस्रो स्थानमा शाओमी तथा तेस्रो स्थानमा सामसुङ रहे ।

एप्पलले गएको वर्ष नै आइफोन-१२ सिरिजका साथ फाइभ जी सपोर्ट आइफोन लाइनअपक‍ो सुरुआत गरेको थियो । लन्च भएको दुई साता मै आइफोन-१२ तथा आइफोन-१२ प्रो संसारको बेस्ट सेलिङ स्मार्टफोन बनिसकेका थिए । स्ट्रेटेजी एनालिटिक्सको नयाँ रिपोर्टअनुसार फाइभ जीको बजारमा एप्पलक‍ो दबदबा अहिले पनि कायमै छ । स्ट्रेटेजी एनालिटिक्सका निर्देशक केन हायर्स भन्छन्- युरोपमा सामसुङ फेरि लिकमा आएको तथा चीनमा ओप्पोको माग बढेका कारण शाओमीक‍ो ग्रोथमा कमी देखा पर्यो । यो वर्ष शाओमीका फाइभ जी स्मार्टफोनको माग सबै तिर मन्द रह्यो ।

उत्कृष्ट पाँच फाइभ जी स्मार्टफोन ब्रान्ड
१.एप्पल
२.शाओमी
३.सामसुङ
४.ओप्पो
५.भिभो

रिपोर्टअनुसार हुवेइक‍ो नयाँ ब्रान्ड होनोर सबैभन्दा तीव्र गतिमा अघि बढने ब्रान्ड साबित भयो । यसको ग्रोथ रेट १९४ प्रतिशत भएको बताइएको छ । अहिले हुवेइले युरोप तथा अमेरिका मा अनेकौं किसिमका अडचनको सामना गर्नुपरिरहेको छ । यस्तोमा होनोर ब्रान्डले हुवेइभन्दा अलग रहेर काम गर्न थाल्यो । अहिले यसको फाइदा यो ब्रान्डले पाउन थालेको छ ।

प्रतिक्रिया