आइतबार, वैशाख २३, २०८१

सेन्ट्रल जोन पुरुष तथा महिला भलिबलको टोली स्वदेश आइपुग्यो (भिडियोसहित)

नेपालखोज २०७८ पुष १५ गते १४:२६

काठमाडौं । एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबलको टोली बंगलादेशबाट नेपाल फर्किएको छ । नेपाली महिला भलिबल टोली भने च्याम्पियनसिपको उपाधि विजेता बनेर फर्किएको छ ।

नेपाली टोलीलाई त्रिभुवन विमानस्थलमा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमन शर्मालगायतले स्वागत गरेका छन् । विमानस्थलमा टोलीलाई बाजा बजाएर स्वागत गरिएको हो ।

मंगलबार सम्पन्न फाइनल खेलमा नेपाली महिला टोलीले उज्वेकिस्तानलाई पराजित गर्दै स्वर्णपदक कब्जा गरेको थियो । नेपालले उज्वेकिस्तानलाई ३–२ को सेटमा पराजित गर्दै स्वर्ण पदक प्राप्त गर्न सफल भएको हो ।

पुरुषतर्फ खेलमा भने नेपालले उपलब्धि हासिल गर्न सकेन । नेपाल चौथो स्थानमा सिमित भएको छ । तेस्रो स्थानका लागि भएको खेलमा उज्वेकिस्तानसँग नेपाल ३–० को सेटमा पराजित भएको थियो ।

प्रतिक्रिया