शुक्रबार, वैशाख २१, २०८१

कोरोना बढेपछि मुम्बईमा सार्वजनिक कार्यक्रममा प्रतिबन्ध

नेपालखोज २०७८ पुष १५ गते १४:२६

मुम्बई । मुम्बईमा पछिल्लो समयमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको बताइएको छ । भारतको नयाँ दिल्ली र मुम्बइमा पछिल्ला केही सातामा संक्रमण बढेको हो । यसैबीच यहाँ कोरोना भाइरसको प्रकोप बढेपछि यहाँका सार्वजनिक स्थलहरुमा हुने विविध कार्यक्रमहरुमा प्रतिबन्ध लगाइएको बताइएको छ ।

भारतको आर्थिक राजधानी मानिने भारतीय ठूलो सहर मुम्बइमा नयाँ वर्षका कार्यक्रमहरुको आयोजना गरिएको र त्यसका कारण झन् संक्रमण बढ्ने आशंका गरेका कारण सरकारले सार्वजनिक स्थलमा जमघट हुने र नयाँ वर्षका कार्यक्रमहरु गर्ने काममा प्रतिबन्ध लगाएको हो ।

रातिमा कफ्र्यु नलगाइने तर पनि मानिसहरु जमघट हुने र समारोहहरु गर्ने काममा प्रतिबन्ध लगाइएको मुम्बई सरकारले जनाएको छ । यहाँ पनि पछिल्लो समयमा कोरोनाका सङ्क्रमितहरु बढेका पाइएको छ ।

गत सातामात्र यहाँ प्रत्येक दिन कम्तीमा पनि १५० जना मात्र सङ्क्रमित पाइएकामा हिजोआज भने कम्तीमा पनि दुई हजार जना सङ्क्रमित भेटिएका छन् । रासस/सिन्ह्वा

प्रतिक्रिया