आइतबार, वैशाख २३, २०८१

दलहरुले खेलाडीलाई गुन्डा बनाए : गोकुल बाँस्कोटा

नेपालखोज २०७८ पुष १५ गते १७:००

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पन्चायतकालमा व्यवस्था जोगाउन खेलाडी दुरुपयोग गरिएको आरोप लगाएका छन् । एमालेको पोलिटव्युरो सदस्य तथा खेलकुद महासंघको इन्चार्ज समेत रहेका बास्कोटाले बहुदलमा पनि बुथ कब्जा गर्न खेलाडीको प्रयोग भएको आरोप लगाए ।

आज खेलकुद महासंघले बास्कोटालाई स्वागत गर्न गरेको कार्यक्रममा दलहरुले खेलाडीलाई गुण्डा बनाएको बताए । उनले खेलाडीको सम्मान गर्न कुनैपनि दलले नसकेको बताए । खेलाडीको सम्मानमा राज्यको आँखा पनि नपुगेको बास्कोटाको आरोप छ ।

बास्कोटाले खेलाडी देशको गहना मात्र नभएर गौरव भएको बताए । उनले खेल क्षेत्रलाई उकास्न सबैले भूमिका खेल्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया