शुक्रबार, वैशाख २१, २०८१

उदयपुरमा बालबालिकालाई विद्यालयमै खोप

नेपालखोज २०७८ पुष १५ गते २०:४७

उदयपुर । कोभिडविरुद्धको खोप व्यवस्थापन गर्ने क्रममा स्वास्थ्य कार्यलय उदयपुरले स्थानीय पालिकामार्फत जिल्लाको नगरपालिका र गाउँपालिकाको विद्यालयमा नै बालबालिकाको लागि खोप दिन थालेको छ ।

बुधबारदेखि जिल्लाको त्रियुगा, कटारी, चौदण्डीगढी, बेलका नगरपालिकासहित पहाडी क्षेत्रको रौतामाई, उदयपुर गढी, ताप्ली, लिम्चुङबुङ, गाउँपालिकाका विद्यालयमा नै विद्यार्थीलाई खोप दिन सुरु गरिएको हो ।

५५ हजार डोज मोडर्ना खोप जिल्लामा उपलब्ध भएपछि पहिलोपटक १२ वर्षभन्दा माथि र १७ वर्षसम्मका बालबालिकामा यो खोप दिन सुरु गरिएको स्वास्थ्य कार्यालय उदयपुरका खोप सुपरभाइजर चीरञ्जीवी निरौलाले बताए ।

बुधबार पहिलो दिननै सात हजार विद्यार्थीलाई यो खोप प्रदान गरिएको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले बताए ।

प्रतिक्रिया