आइतबार, जेठ ६, २०८१

सेलिब्रिटीहरुको पारपाचुके चर्चा !

नेपालखोज २०७८ पुष १६ गते १२:१६

काठमाडौं । गएको वर्ष सेलिब्रिटीहरुको पारपाचुकेको चर्चाले सञ्चारमाध्यममा निकै स्थान पायो । समाजमा स्थापित सेलिब्रिटीहरुको सम्बन्ध र पारपाचुकेबारे हामी चर्चा गर्दै छौं ।

१५ वर्षपछि सम्बन्धविच्छेद
आमिर खानले किरण राव सँग सम्बन्धविच्छेद गर्ने खबर सार्वजनिक हुँदा सबै आश्चर्यचकित भएका थिए किनभने सबैलाई के लागेको थियो भने खान दम्पती आफ्नो १५ वर्ष लामो वैवाहिक जीवनमा निकै खुसी छन् । लाग्थ्यो सबै कुरा ठीक छ आमिर र किरण बीच । आमिर र किरणले आफ्नो पारपाचुकेको कारण पनि बताएका छैनन् । उनीहरुले एकसाथ एउटा भिडियो सामाजिक सन्जालमा पोस्ट गरेका थिए जसमा अलग भएपछि पनि आफूहरुनिकट मित्र नै रहने कुरा बताइएको छ । आमिर र किरणले २८ डिसेम्बर २००५ मा विवाह गरेका थिए ।

३२० करोड अस्वीकार्य
दक्षिण भारतीय चलचित्रकी सुपरस्टार सामन्था रुथ प्रभु र नागा चैतन्यले २०१७ मा विवाह गरेका थिए भने उनीहरुले २०२१ मा पारपाचुकेपछि पनि आफूहरुको मित्रता कायम रहने कुरा बताए । सामन्थाले पारपाचुकेबापत नागा चैतन्यले दिन प्रस्ताव गरेको ३२० करोड भरणपोषण खर्च अस्वीकार गरिन् । यी अभिनेत्री अहिले यात्रा गरेर आफ्नो सम्बन्धविच्छेदको पीडा बिर्सने प्रयास गर्दै छिन् । सामन्थाले सम्बन्धविच्छेदपछि सामाजिक सन्जालमा लेखेकी छन्- पारपाचुके आफैंमा एउटा पीडादायक प्रक्रिया हो । यसबाट बाहिर निस्कन कृपया मलाई एक्लो छाडिदिनुहोस् । ममाथि निकै व्यक्तिगत हमला भएको छ तर म त्यस्तो केही पनि हुन दिने छैन जसले मलाई भित्रैबाट तोडोस् ।

१६ करोडको माग
२०२१ मा र्यापर हनी सिंहले श्रीमती शालिनी तलवारसँग पारपाचुके लिने घोषणा गरे । यता शालिनी तलवारले हनी सिंह र उनको परिवारविरुद्ध अनेकौं गम्भीर आरोप लगाइन् । हनी सिंहले त्यसमा आफ्नो पक्ष पनि राखे । अन्तत: हनी सिंह र शालिनी तलवार अलग भए । शालिनीले हनी सिंहसँग १६ करोड मुआब्जाको माग गरेकी थिइन । शालिनीको आरोप थियो उनीप्रति जनावरसँग गरिने व्यवहारभन्दा पनि तुच्छ व्यवहार गरिएको छ ।

प्रेग्नेन्सीपछि पारपाचुके
यही वर्ष बंगाली चलचित्रकी अभिनेत्री तथा टीएमसी सांसद नुसरत जहाँ श्रीमान् निखिल जैनसँग अलग भइन् । नुसरतले टर्कीमा व्यापार गरिरहेका निखिल जैनसँग १९ जुन २०१९ मा मुस्लिम, हिन्दु तथा क्रिश्चियन रीतिअनुरुप विवाह गरेकी थिइन् । नुसरत यही वर्षको अगस्तमा आमासमेत भएकी छन् । तर उनको छोराका बाबु निखिल होइनन् । पुरानो सम्बन्धविच्छेद नहुँदै नुसरतले बंगाली चलचित्रका एक नायकको गर्भ बोकेकी थिइन् । पछि उनीहरुले विवाहसमेत गरे ।

क्रिकेटरको ९ वर्ष पुरानो विवाह
भारतीय क्रिकेट टिमका महत्त्वपूर्ण खेलाडी शिखर धवन मेलबर्न निवासी आफ्नी श्रीमती आयशा मुखर्जीसँग यही वर्षको सेप्टेम्बरमा अलग भए । उनीहरुको विवाह अक्ट‍ोबर २०१२ मा भएको थियो । त्यो आयशाको दोस्रो विवाह थियो । पहिलो विवाहबाट उनका दुई छोरी थिए । शिखर र आयशाबाट पनि ७ वर्षका एक छोरा छन् ।

शान्ति नभएको सम्बन्ध समयको बर्बादी
बलिउड अभिनेत्री कीर्ति कुल्हारीले इन्स्टाग्राममा रिलेसनसिपका विषयमा अनेकौं कुरा पो‍स्ट गरेकी छन् । कीर्तिका अनुसार जुन सम्बन्धमा शान्ति र चैन हुँदैन त्यसलाई कायम राख्नु वा निरन्तरता दिनु मूर्खता र समयको बर्बादी हो । आफ्नो यही मान्यतामा कायम हुँदै कीर्तिले अप्रिल २०२१ मा साहिल सहगलसँग अलग हुने निर्णय गरिन् । उनीहरुले ५ वर्षअघी विवाह गरेका थिए ।

प्रतिक्रिया