शनिबार, जेठ ५, २०८१

गीता ज्ञान !

नेपालखोज २०७८ पुष १६ गते ५:००

भगवान् कृष्णले कुरुक्षेत्रको मैदानमा महाभारत युद्धका बेला अर्जुनलाई जुन ज्ञान दिएका थिए त्यो गीताको नामले चर्चित नै रह्यो । गीतामा जीवनको हरेक समस्याको समाधान छ ।
गीतामा हरेक कुराको ज्ञान छ । गीता ज्ञानका चर्चित ५ ज्ञान

१. न कोही मर्छ न नै कसैले मार्छ, सबै निमित्त मात्रै हुन् । सबै प्राणी जन्म अघि बिना शरीरका थिए, मरणोपरान्त पनि उनीहरु बिना शरीरका नै हुनेछन् । उनीहरु त बीचमा मात्रै शरीर भएका जस्ता देखिन्छन्, तरपनि यसको शोक किन गर्ने ?’

२. आत्मालाई न शस्त्रले काट्न सक्छ न नै त्यसलाई जलाउन । न पानीले नै भिजाउन सकिन्छ, न नै हवाले सुकाउन सक्छ ।

३. हे अर्जुन ! तिमी शोक गर्न नपर्ने मानिसहरुका लागि शोक गर्छौ । जसको प्राण गएको छ, उसको लागि र जसको प्राण गएको छैन, उनीहरुका लागि पनि पण्डितजन शोक गर्दैनन् । एक न एक दिन सबै मारिनेछन् । आज कोही मरिरहेको छ, भोलि कोही मर्नेछ । यो मृत्युलोक हो र मृत्यु नै सबैभन्दा ठूलो रोग हो । मृत्युलाई छोडेर अमृतबारे सोच ।

४. कर्ममा नै तिम्रो अधिकार छ तर कर्मको फलमा कहिल्यै छैन… त्यसैले फल प्राप्त गर्नका लागि कर्म नगर । जसको मन आफ्नो वशमा छ, जो वैरागी एवं विशुद्ध अन्तःकरणयुक्त छन् र सम्पूर्ण प्राणीको आत्मरुप परमात्मा नै जसको आत्मा छ, यस्ता कर्मयोगी कर्म गर्दै गर्दा पनि लिप्त हुँदैन । कर्मको कुशलतालाई नै योग भनिन्छ ।

५. क्रोधले मनुष्यका मती मर्छ अर्थात् मुढो जस्तै हुन्छ जसले स्मृति भ्रमित हुनेगर्छ । स्मृति–भ्रम हुँदा मनष्यको बुद्धि नष्ट हुन्छ र बुद्धि नष्ट हुँदा मनुष्यले आफैंलाई हानी पुर्याइरहेको हुन्छ ।

प्रतिक्रिया