शनिबार, जेठ ५, २०८१

मेष राशिको वार्षिक भविष्य !

नेपालखोज २०७८ पुष १६ गते ६:१२

मेष राशि भएकाहरुको वर्षको सुरुआत कुनै संघर्ष वा टकरावबाट हुनेछ भने संघर्षमा विजय प्राप्त गर्न सकिनेछ । यदि यो वर्ष आफू कतै फसेको महसुस भए हिम्मत नहारी पराक्रम र प्रयत्न जारी राख्नुहोला ।

आजीविका : पहिलो त्रैमासिकमा करियरमा समस्या देखापर्न सक्छ । मार्चको अन्त्य अथवा अप्रिलमा पदोन्नतिको योग भए पनि पछि गएर फेरि व्यवसाय तथा नोकरीमा उतार-चढाव देखापर्नेछ । प्रयास गर्दागर्दै त्यसको अर्कै फल प्राप्त हुने देखिन्छ । नोकरी परिवर्तनका लागि वर्ष उपयुक्त छैन । नोभेम्बरदेखि राम्रा अवसरहरु आउन थाल्नेछन् ।

पारिवारिक जीवन : पारिवारिक जीवनमा अप्ठ्याराहरुको सामना गर्नुपर्ने हुनसक्छ । स्वयंमाथि नियन्त्रण कायम गर्नुहोला । आफ्नो बुद्धिलाई भ्रमित हुनबाट जोगाउनु पर्नेछ । घरमा सम्पत्तिसम्बन्धी विवादको सम्भावना छ । जमिनसँग जोडिएको कुरामा विशेष ध्यान पुर्याउनुपर्ने आवश्यकता देखिन्छ । प्रेम सम्बन्धमा मानसिक सन्तुष्टिको अनुभूति गर्न पाइनेछ । कुनै विपरीत लिंगी व्‍यक्‍तिप्रति आकर्षण बढन सक्छ ।

मार्च-अप्रिलमा विवाहयोग्य व्यक्तिहरुले शुभ समाचार सुन्न पाउनेछन् । मेपछि परिवारका वरिष्ठ सदस्‍यसँग मनमुटाव हुनसक्छ । पारिवारिक तालमेल मिलाएर हिँड्नुपर्ने आवश्यकता छ । नोभेम्बरपछि पारिवारिक जीवन सामान्‍य हुँदै जानेछ ।

आर्थिक जीवन : आर्थिक दृष्टिकोणले वर्ष उतार-चढावपूर्ण रहला । बिस्तारै लगातारको प्रयासबाट धन जुटाउन सकिनेछ । अप्रिलपछि समय अनुकूल हुनेछ भने नयाँ माध्यमहरुबाट धन लाभ हुनसक्छ । विवाह आदि कुनै शुभ कर्ममा धन खर्च हुने सम्भावना छ । जीवनसाथी अथवा साझेदारहरुको सहयोगबाटै धनलाभ सम्भव छ । सेयर मार्केटको लगानीमा सावधानी आवश्यक देखिन्छ ।

स्वास्थ्य : लिभर, गला, कान, खुट्टा अथवा जोर्नीको समस्या हुनसक्छ । वजन पनि बढ्ने देखिन्छ । आमाको स्वास्थ्यको विशेष ख्याल राख्नुपर्नेछ ।

सुझाव : सम्भव भए बिहीबार व्रत बस्नुहोस् अथवा उक्त दिन पहेँलो वस्तु दान गर्न सकिन्छ ।

प्रतिक्रिया