शनिबार, जेठ ५, २०८१

वृष राशिको वार्षिक भविष्य !

नेपालखोज २०७८ पुष १६ गते ८:१५

वर्ष २०२२ को सुरुवातमा वृष राशि भएका तपाईंहरुको कार्ड आएको छ ‘पेज अफ कप’ जुन प्रतिबद्ध र आन्तरिक प्रेम भावनासँग सम्बन्धित छ । यो दुई व्यक्तिबीचको सम्बन्धको प्रतीक हो । यसले के बताउँछ भने यो वर्ष कसैले तपाईंलाई आकर्षित गर्नेछन् र त्यसमा तपाईंको फाइदासमेत जोडिएको छ । काममा नयाँ साझेदार फेला पर्न सक्छन् । समग्रमा वर्ष २०२२ तपाईंका लागि शुभ परिणाम लिएर आउँदै छ ।

आजीविका : वर्षको पहिलो त्रैमासिक व्यापार वा नोकरीका लागि अनुकूल रहनेछ । लक्ष्य हासिल गर्न सफल हुनुहोला । रोकिएका कामले यो वर्ष गति लिनेछन् । वर्ष लाभदायक सिद्ध होला । अप्रिलदेखि नोभेम्बरसम्म कार्यक्षेत्रमा अत्यन्त मिहिनेत गर्नुपर्नेछ । सही काम गरे पनि त्यसको श्रेय पाउन गाह्रो छ । साझेदारीमा काम गर्नेहरुका लागि वर्ष आशाअनुरूप रहनेछ । ध्यान राख्नुहोला कडा परिश्रमबाट मात्र सफलता हात पर्नेछ ।

पारिवारिक जीवन : प्रेम सम्बन्धका लागि वर्ष अनुकूल रहनेछ । उमेर पुगेकाहरुको विवाहको कुरा चल्न सक्छ । विवाह पनि सम्भव छ । प्रेम व्यक्त गर्न चाहनेहरुका लागि समय अनुकूल छ । विवाहितहरुले जीवनसाथीको भरपूर सहयोग पाउनेछन् भने त्यसबाट आर्थिक लाभसमेत हुन सक्छ ।

आर्थिक जीवन : यो वर्ष धनको कमी हुने छैन । कुनै पनि काम धनको कमीका कारण रोकिने छैन । तपाईंका साझेदार अथवा जीवनसाथी नै धन वृद्धिमा सहयोगी साबित हुनेछन् । आम्दानी वृद्धिको प्रवल सम्भावना छ ।

स्वास्थ्य : यो वर्ष नेत्र रोग, मधुमेह, मूत्रसम्बन्धी समस्याले सताउन सक्छ ।

सुझाव : प्रत्येक शुक्रबार गौमातालाई पीठो खुवाउनुहोस् ।

प्रतिक्रिया