शुक्रबार, वैशाख २१, २०८१

भारतका ९० प्रतिशत वयस्कलाई कोरोनाविरुद्धको खोप दिइएको दाबी

नेपालखोज २०७८ पुष १६ गते १०:१३

नयाँ दिल्ली । भारतका कुल वयस्कमध्ये ९० प्रतिशतलाई कोरोना भाइरसविरुद्धको खोप दिइएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार वयस्कमध्ये ९० प्रतिशतलाई कोरोनाभाइरस विरुद्धको कम्तीमा एउटा खोप दिइएको छ । मन्त्रालयका अनुसार भारतमा पछिल्लो हप्ता औसतमा दैनिक आठ हजार नयाँ सङ्क्रमित थपिने गरेका छन् ।

पछिल्लो २४ घण्टामा भने थप १३ हजार १५४ सङ्क्रमित भएको मन्त्रालयले जानकारी दिएको छ । थपिएका सङ्क्रमितमध्ये ९६१ जना ओमिक्रोन भेरियन्टका रहेका छन् । यसैसँगै भारतमा कूल कोरोना सङ्क्रमित सङ्ख्या तीन करोड ४८ लाख २२ हजार ४० पुगेको पनि मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा थप २६८ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाका कारण मृत्यु भएकाहरुको कूल सङ्ख्या चार लाख ८० हजार ८६० पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

भारतमा अहिले ८२ हजार ४०२ जना सङ्क्रमित अवस्थामै रहेका छन् भने गएको २४ घण्टामा सात हजार ४८६ जना कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ४२ लाख ५८ हजार ७७८ जनालाई कोरोनाभाइरसको सङ्क्रमण निको भएको छ ।

प्रतिक्रिया