शुक्रबार, जेठ ४, २०८१

सुनसरीमा धरान डे मनाइँदै, प्रधानमन्त्री देउवा जाँदै

नेपालखोज २०७८ पुष १६ गते १३:००

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकामा ‘धरान डे’ मनाइँदैछ । धरान विधिवत् नगरपालिका घोषणा भएको ६१ औं वर्षको अवसरमा पुष २० देखी २२ गतेसम्म धरान स्थापना दिवस मनाउन लागिएको हो ।

बिहीबार उपमहानगरपालिकाका प्रमुख तिलक राईले पत्रकार सम्मेलन गरेर धरानमा हुने उत्सवको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने बताए । उनले भने,‘धरानले २०५७ सालमा शतवार्षिकी मनायो, त्यस समयबाट विकासको गन्तव्यमा धरान कहाँ सम्म आइपुगेको छ भन्ने कुरा समीक्षा गर्न उपमहानगरपालिकाले वर्षेनी ‘धरान डे’ मनाउँदै आएको छ ।’

धरानको दिर्घकालीन विकासका लागि उपमहानगरपालिकाले चाल्नुपर्ने कदमका विषयमा छुट्टा छुट्टै कार्यशाला गोष्ठि तीन दिने उत्सवमा आयोजना गरिने छ । गोष्ठिको छलफल तथा निश्कर्षलाई रोडम्यापको रुपमा दस्तावेजीकरण गरेर विकासका कामलाई अगाडि बढाउने उपमहानगरको योजना छ ।


मेलामा के-के हुन्छ

मुख्य उत्सवस्थल पव्लिक हाइस्कुलको मैदानमा कुल ७६ वटा स्टलहरु हुन्छ । मुख्य मञ्चमा दैनिक सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने योजना छ । मेलामा जनजातिय परिकार, कृषि, महिला सीप, शिक्षा, प्रविधि, सांस्कृतिजन्य प्रदर्शनी, व्यापारीक कारोबार सञ्चालन हुनेछन् । मौलिक नेपाली प्रविधिबाट उत्पादन हुने स्थानिय ‘तिनपाने’ रक्सीलाई ब्राण्डिङ गर्ने कानुनी, प्राविधिक प्रकृया अघि बढाएको छ । मेलामा तिनपाने प्रविधिको प्रत्यक्ष प्रदर्शनका लागि स्टल सञ्चालन गर्ने सम्भावना छ । सांस्कृतिक कार्यक्रममा पूर्वेली ‘लोक जुवारी’, पोखराबाट आउने टोलीबाट लोक दोहरी, जनजातिय सांगितिक प्रस्तुतिहरु रहने बताइएको छ । हेलिकप्टरमा पाथिभरा देवीको मन्दीर सम्मको आउने जाने उडानमा पनि छुट गरिने छ ।


प्रधानमन्त्री देउवाले के-के गर्दैछन्

प्रधानमन्त्री देउवाले धरान वडा नम्वर ६ मा रहेको फोहोर मैला संकलन गरी प्रशोधन गर्ने ग्यास उत्पादन प्लान्टको उद्घाटन गर्नेछन् । सेउती खोला स्थित निराजन वस्तीको वडा नम्वर ४ र १५ लाई जोड्ने पक्की पूलको उद्घाटन । पब्लिक हाइस्कुलमा निर्मित प्राविधिक भवनको पनि उद्घाटन । धरान–८ स्थित निर्माणाधिन धरान स्मार्ट बसपार्क अवलोकन ।

प्रतिक्रिया