फेसबुकमा के नलेखियोस् जस्तो लाग्छ ?

कलाकर्मी, पत्रकार प्रकाश सायमिले फेसबुकमा एउटा पोस्ट गर्दै प्रश्न राखे- फेसबुकमा के नलेखियोस् जस्तो लाग्छ, तपाईंलाई ?
अब हेरौं यो प्रश्नको कमेन्ट बक्समा आएका जवाफहरु :
युवराज गौतम
जे लेख्न हुन्न ।
निर्मला कोइराला
अरूलाई गाली गर्ने, तल्लो स्तरको कुरा गर्ने, अश्लील तथा छाडा कुराहरू लेख्नेजस्ता विषयमा नलेखिदिए हुन्थ्यो जस्तो लाग्छ ।
झमक घिमिरे
अनावश्यक छाडा शब्द प्रयोग गरेर कसैलाई गाली नगरे हुन्थ्यो !
कृष्ण पन्थ- (झमक घिमिरेको प्रतिक्रियामा) कैले काहीँ छाडा शब्द लेख्दा मनमा शान्ति मिल्छ, रिस मर्छ ।
स्मृति बानियाँ
मरेका आफन्तहरुको कफन, हरियो बास वा दाउरामाथि राखेका सेल्फीहरु, काटिँदै गरेका वा काटिएका पशुहरुको तस्बिरहरु पनि नराखे हुन्थ्यो जस्तो लाग्छ ! त्यसैगरी आफन्त गुमाएका व्यक्तिहरुलाई ट्याग गरेर रिप नलेखे हुन्थ्यो भन्ने पनि लाग्छ, ती फोटो हेर्दा मन अझ कति रुँदो हो !!
ज्ञवाली हरि
श्रद्धाञ्जली लेखिएका तस्बिरहरुमा लाइक नगरिदिए राम्रो हुने थियो जस्तो लाग्छ मलाई !
उपेन्द्र तिमिल्सिना
देश र जनहितविपरीतका सबै विषय सामाजिक सन्जालमा नलेखिँदा नै उत्कृष्ट हुन्छ सर ।
सञ्जीव क्षेत्री
मलाई त्यस्तो केही लाग्दैन । चासोका चिज देखे आफैं हेरिन्छ। होइन भने स्किप गरिन्छ। सबैले आफूअनुसारका पोस्ट गर्ने हो । किन हस्तक्षेप गर्ने- भन्छु ।
राई तारा
नितान्त व्यक्तिगत कुराहरु…।
बिम्ब प्रकाश
बधाई, शुभकामना र श्रद्धाञ्जली फेसबुकका भित्तामा अत्याधिक दुरुपयोग हुने शब्दावली हुन जस्तो लाग्छ ।
सबै संवेदनशील कुराहरुमा सोची-विचारी लेखिदिए हुन्थ्यो ।
रुद्रशेन विश्वकर्मा
नेपाल बन्द छ भनेर कहिल्यै नलेखियोस्
बितेका दिनहरुमा नेपाल बन्द भनेर यति लेखिएको छ कि अहिले पनि नेपाल बन्द नै छ जस्तो लाग्छ कतै कतै…।
आर्यन कार्की
देखावटी र बनावटी कुरा ।
गणेश खड्का
थुप्रै छन् नलेखिनुपर्ने ।
विद्या सापकोटा
अरु त त्यस्तै हो, दुर्घटना र शवका वीभत्स तस्बिर नराखियुन् जस्तो लाग्छ ।
प्रेम्पा तामाङ
नितान्त वैयक्तिक र उपदेश ।
लाल कार्की
नेताका चाकडीयुक्त भजनहरु ।
प्रयास श्रेष्ठ
देखेको ३ सेकेन्डमा लाइक गर्नुस् नत्र नराम्रो हुन्छ- लेखेर पोस्ट गर्ने दरिद्र आत्मादेखि दु:ख लाग्छ ।
शबनम शाही कार्की
मेरो बिन्ती र प्रार्थना छ कि कसैको पनि मृत्युका दयनीय तस्बिरहरुको ताण्डव साझा नगरियोस् ।
इन्दिरा दाहाल
व्यक्ति पूजा, भ्रमात्मक समाचार, अनावश्यक गालीगलौज, शीर्षक एउटा र समाचार अर्को भएको खबर ।
विष्णु गौतम
मेरो बच्चाको यति जीपीए आयो भनेर लेख्ने (राम्रो जीपीए भएकाले मात्र लेख्ने) जसले गर्दा फेल हुने वा कम नम्बर ल्याउने बच्चाहरू तथा उनीहरूका पेरेन्टस डिमर्लाइज हुन सक्छन् !
चूडामणि देवकोटा
कम्तीमा पनि, अमर्यादित र अश्लील शब्दहरू प्रयोग गरेर गाली नलेखियोस् ।
जीवन इलामेली
भ्रम, झुटका साथै अराजक अनि उत्तेजक अभिव्यक्ति ।
प्रतीक ढकाल
गुनासो, गाली र गनगन !
मुस्कान थापा
हतारमा गरिने कुनै पनि प्रतिक्रिया हरु …..।
विमल श्रेष्ठ
श्रद्धाञ्जलीमा लाइक नगरिदिऊन्,
बलात्कारका घटनालाई प्राथमिकता नदियोस् ।
सुशील दीक्षित
नेता र तिनका झोलेहरूका कुरा !!!
किरण अधिकारी
आफूले वा आफैंमा प्रयोग- अनुसरण नगरेका तर अरुलाई दिन लालायित हुने अर्ती र उपदेश नलेखिदिए हुने !
यशोधा बराल
झुटो समाचार र कसैको पनि आलोचना ।
केसी मीन
राजनीतिक रंगयुक्त विषयवस्तु ।
सागर तिमिल्सिना
नितान्त वैयक्तिक विषय र
चाप्लुसी राजनीति ।
रन्जना शर्मा
लासमाथिको सेल्फी, फोहोरी कमेन्ट, दुर्घटनाका फोटोहरु अनि भगवान्को फोटोमा ॐ लेख्नुस् सोचेको कुरा पुग्छ भन्ने पोस्टहरु ।
महेश प्रसाईं
झुट … अहमता … नलेखियोस्,
यथार्थ … अहोभाव … देखियोस् !!!
पदम घिमिरे
मान्छेका सबै संवेगहरु पोस्ट्याउँछन् अचेल । मृत्युको सूचनामा मृतकको लास, जनावरको मारकाट गरेको फोटो, अश्लील अर्थलाग्ने शब्द वा वाक्यांश आदि । जुन कुरा हेरेर हुर्कंदै गरेको पुस्ताको मनोविज्ञानमा नकारात्मक धारणाको विकास नहोस् ।
डीबी कुलुङ
बेकाम्फुसे पोस्ट नलेखियोस् भन्छु म तर पच्न सक्ने फन्नी चैँ आओस् ।
शशांक लामा
पाखण्डी, झारा टराइ, झेली कुराहरु…।
आरके अदीप्त गिरी
बधाई र शुभकामनाको खेती ।
मंगल के. मानन्धर
देवनागरी लिपिबाट लेखिने चाइनिज भाषा… अर्थात् नबुझ्ने ।
सरोज कोइराला
नेतालाई गाली गरेर क्रान्तिकारी देखिने कुरा । आफ्नो क्षेत्रमा कति फट्याइँ गरिएको छ ? हेक्का राख्ने कि ?
ध्रुव सिलवाल
गरिबलाई केही दिए जस्तो गरेर आफ्नो विज्ञापन नगरे हुन्थ्यो ।
कृष्ण गुरुङ
हर-कोहीले पनि नेपाली-नेपालीबीच विभाजित गराउने कुराहरु नलेखिदिए हुन्थ्यो झैं लाग्छ ।
गणेश राई
व्यक्तिकै कडा आलोचनात्मक प्रतिक्रिया होस् तर गाली गलौज नहोस् ।
धोलराज पौड्याल
बधाई शुभकामना सन्देश, विज्ञापन तथा स्वार्थसँग जोडिएका कुराहरु ।
मुकुन्द पौडेल
भ्रामक र नकारात्मक प्रभाव पार्ने कुरा ।
खड्का दिनविनोद
केही छैन, जे भए नि हुन्छ ।
सुवास श्रेष्ठ
सामान्य असन्तृष्टिका भँडासहरु नपोखिदिए हुन्थ्यो जस्तो लाग्छ ।
संगम सापकोटा
आफू मस्त खुसी भएका बेला अरुलाई खुसी हुन दिइने उपदेश…।
विष्णुप्रसाद गौतम
बिग्रिएपछि व्यक्तिगत सम्बन्धका कुरा ।
प्रमोदजी
हरेक दिन १० चोटि आफ्नो अनुहार नपरेको फोटो पोस्ट गर्नु ।
टीपी खरेल
सब थोक लेखियोस् !!
पुष्पा सुवेदी आचार्य
नकारात्मक कुराहरु ।

प्रतिक्रिया