संसारभर नयाँ वर्षको उत्सव !
नेपालखोज
२०७८ पुष १७ गते ०:५०

काठमाडौं । कोरोना महामारीका बीच संसारभर नयाँ वर्षको उत्सव सुरु भइसकेको छ । सबैभन्दा पहिले न्युजिल्यान्डमा मानिसहरूले आतिशबाजी गर्दै नयाँ वर्षको स्वागत गरेका छन् ।
संसारमा सधैंजसो न्युजिल्यान्डबाटै नयाँ वर्षको उत्सव प्रारम्भ हुन्छ । न्युजिल्यान्ड नेपाली समयअनुसार ७ घण्टा ४५ मिनेटअगाडि छ ।
यसैगरी सिड्नीमा पनि नयाँ वर्षको उत्सव मनाइएको छ । शुक्रबार सिड्नीमा ओपेरा हाउस तथा हार्बर ब्रिजमा आतिशबाजी गरिएको थियो जुन निकै मनमोहक देखिन्थ्यो ।
नेपालको काठमाडौं उपत्यका, पोखरा तथा चितवनको सौराहमा न्यु इयर को विशेष रौनक देखिन्छ ।
सम्बन्धित

प्रतिक्रिया