एमाले सरकारलाई संविधानको अपव्याख्या गरेरे हटाइयो : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको विकास नभएकोमा केही शक्तिहरुको दोष रहेको आरोप लगाएका छन् । अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा शुभकामना दिँदै अध्यक्ष ओलीले विकास र समृद्धितर्फ अघि बढिरहेका बेला केही शक्तिहरूले मुलुकको दूरगामी यात्रालाई अनुचित र अनपेक्षित रूपमा अल्मल्याउने काम गरेको बताए ।
उनले एमालेको सरकारले मुलुकलाई अस्थिरताको दुष्चक्रबाट बाहिर निकालेर विकासको अभियानतर्फ अघि बढाइरेका बेला संविधानको अपव्याख्या गर्दै सत्ताबाट हटाइएको दाबी गरे । उनले भने,‘मुलुकलाई अस्थिरताको दुष्चक्रबाट बाहिर निकालेर विकासको असाधारण अभियानतर्फ अगाडि बढाइरहेको नेकपा एमालेको सरकारलाई संविधानको अपव्याख्याद्वारा हटाउँदै संवैधानिक विचलन‚ अराजकता र सत्ताको अनुचित भागबण्डा भए ।’
ओलीले एमाले नेतृत्वको सरकारले मुलुकबाट गुमाइएका भूभाग फिर्ता गर्ने प्रयास‚ मुलुकलाई विकासको तीव्रगतिमा अघि बढाएर नयाँ युगको थालनी गरेको दाबी गरे ।

प्रतिक्रिया