कमल थापाले गरे पदाधिकारी बैठक निर्णयको विरोध
नेपालखोज
२०७८ पुष १७ गते १३:१६

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पदाधिकारी बैठकले गरेको निर्णयको विरोध गरेका छन् । आज थापाले सामाजिक सन्जालमार्फत काभ्रे जिल्ला अध्यक्षसहित तीन जनालाई पार्टीबाट निष्कासन गर्ने निर्णयको विरोध गरेका हुन् ।
काभ्रे जिल्ला अध्यक्ष टुल्कु लामा र गाउँपालिकाका दुई निर्वाचित वडाध्यक्षलाई स्पष्टीकरणको मौका नदिई निष्कासन गर्ने निर्णय अवैधानिक र पार्टी हितविपरित रहेको थापाको दावी छ । पदाधिकारी वैठकलाई यस्तो निर्णय गर्ने अधिकार विधानले नदिएको थापाको भनाई छ ।
सम्बन्धित

प्रतिक्रिया