चौबीस घण्टामा थपिए ३८२ संक्रमित, २५२ डिस्चार्ज

नेपालखोज २०७८ पुष १७ गते १६:४५

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थप ३८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ५ हजार ७ जनाको पीसीआर परीक्षणमा ३४२ र १५ हजार ९५२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४० जनामा गरि कुल ३८२ जनामा कोरोना पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो चौबीस घण्टामा मुलुकका विभिन्न अस्पतालबाट २५२ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ८ लाख १२ हजार २१० पुगेको छ ।

निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै, पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमित मृत्युको संख्या शून्य छ। नेपालमा हाल सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ६९ रहेको छ ।

प्रतिक्रिया