नेपाली कांग्रेस केन्द्रीय समितिमा आज १० जना मनोनीत

नेपालखोज २०७८ पुष १७ गते १६:५८

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिमा १० जना मनोनीत गरिएका छन् । कांग्रेस सभापति सभापति शेरबहादुर देउवाले १० जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् ।

मनोनीत कांग्रेस केन्द्रीय सदस्यहरूमा रामचन्द्र पौडेल, सुजाता कोइराला, उमा रेग्मी, मीनबहादुर विश्वकर्मा, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का रहेका छन् ।

निधि र सिंह महाधिवेशनमा सभापातिका उम्मेदवार थिए भने पौडेल, सिटौला, खड्का, रेग्मी र विश्वकर्माले उम्मेदवारी दिएका थिएनन् । गच्छदार र कोइराला उपसभापति पदका पराजित उम्मेदवार हुन् ।

महत महामन्त्रीमा पराजित उम्मेदवार हुन् । नेपाली कांग्रेसको विधानमा ३३ जना केन्द्रीय सदस्य सभापतिले मनोनयन गर्ने प्रावधान छ ।

May be an illustration of text that says 'नेपाली कांग्रेस केन्द्रीय कॉर्यालय बी.पी. स्मृति भवन, ललितपुर, नेपाल वाती कायेय नेपाल रा्ीत पुस १७, २०७६ प्रेस विज्ञप्ति नेपाली कांग्रेसका सभापति श्री शेरबहादूर देउवाबाट नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (૧०) बमोजिम श्री रामचन्द्र पौडेल, श्री प्रकाशमान सिंह, श्री विमलेन्द्र निधि, श्री विजयकुमार गच्छदार, श्री कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड़का, श्री उमा रेग्मी, श्री सुजाता कोइराला र श्री विश्वकर्मालाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन मि भएको छ। প니ടๆ कृष्णप्रसाद पौडेल मुख्य सचिव टैनिफोन: (९७७-१) ५१=३२६३ ५૧૬३૨६૪ ५१९३२६५, फृयाक्स (९७७-१) ५१६३२६६ E-mail:info@nepalicongress.org, Internet Access: www.nepalicongress.org'

प्रतिक्रिया