माओवादी केन्द्रको चुनावी प्रक्रिया भोलिसम्मका लागि स्थगित
नेपालखोज
२०७८ पुष १७ गते २०:२१

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि सुरु भएको चुनावी प्रक्रिया भोलिसम्मका लागि स्थगित भएको छ ।
माओवादीले आज बेलुका आठ बजेदेखि राति साढे १० बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गराउने समय तोकेर चुनावी कार्यतालिका सार्वजनिक गरेको थियो । तर सकभर सहमतिमै नेतृत्व टुङ्ग्याउने भन्दै भोलि दिउँसो साढे एक बजेसम्मको लागि चुनावी कार्यक्रम स्थगित गरिएको माओवादी केन्द्रले जनाएको छ ।
माओवादीले समावेशी सिद्धान्तअनुसार २९९ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्नेछ । त्यसमध्येबाटै पदाधिकारी, स्थायी समिति र पोलिट ब्यूरो बनाइने छ ।
सम्बन्धित

प्रतिक्रिया