आज पनि पहाडी तथा हिमाली जिल्लामा हिमपात (फोटो फिचर)

नेपालखोज २०७८ पुष १७ गते २२:०६

काठमाडौं । पश्चिमी वायुको सामान्य प्रभावका काररण आज पनि देशका पहाडी तथा हिमाली जिल्लाहरुमा हिमपात भएको छ । आज गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति भने देशभर आंशिक बदलीको सम्भावना छ । त्यसैगरी आइतबार दिउँसो देशभर आंशिक बदली रहने महाशाखाले नियमित बुलेटिनमार्फत जनाएको छ । राति भने देशभर आंशिक बदली रहनेछ ।

तस्बिर : रासस

प्रतिक्रिया