शनिबार, जेठ ५, २०८१

सिंह राशिको वार्षिक भविष्य

नेपालखोज २०७८ पुष १८ गते ८:२७

सिंह हुनेहरुका लागि यो वर्ष भरपूर ऊर्जा, शक्ति तथा इच्छाशक्ति रहनेछ । आफ्नो साहसको बलमा सबै समस्याहरुको सामना गर्न सक्नुका साथै सफलता पनि हात पार्न सकिनेछ ।

आजीविका : आफ्ना साथीभाइ तथा हाकिमहरुसँग मतभेद हुनसक्छ । भनेजस्तो परिणाम प्राप्त गर्न कडा मिहिनेतको आवश्यकता छ । वर्षभरि नै ऊर्जावान् रहिनेछ । काममा लगातार ध्यान दिए अवश्य सफलता प्राप्त हुनेछ । व्यवसायको आवश्यकताअनुसार यात्रा हुनेछ भने यसबाट लाभसमेत उठाउन सकिनेछ ।

पारिवारिक जीवन : परिवारका साथ सुखद समय बिताउन पाइनेछ । पारिवारिक यात्रा पनि हुनसक्छ । घरमा पूजा पाठ तथा शुभ कार्य सम्पन्न होला । जीवनसाथीसँग सुख र आनन्दको अनुभव गर्न पाइनेछ । सन्तानहरुबाट पनि सन्तोष मिल्नेछ । घर अथवा स्थान बदल्ने इच्छा छ भने यो वर्ष पूरा हुने देखिन्छ ।

आर्थिक जीवन : आर्थिक स्थिति मजबुत रहनेछ । लगानी लाभदायक सिद्ध हुनेछ । तपाईंमा गजबको ऊर्जा देखिनेछ । उत्साहजनक स्थितिमा केही नयाँ काम सुरु गर्न सक्नुहुनेछ । जीवनमा नयाँ साहसिक गतिविधि पनि सुरु होला । आर्थिक सुझबुझका कारण छोटो समयमै लाभ मिल्ने काम गर्न सकिनेछ ।

स्वास्थ्य : सामान्यत: स्वास्थ्य ठीक रहे पनि पेटको विशेष ख्याल राख्नुहोला । पेटसम्बन्धी विकार उत्पन्न हुनसक्छ ।

सुझाव : लक्ष्मी माताक‍ो आराधना लाभदायक सिद्ध हुनेछ ।

प्रतिक्रिया