आइतबार, वैशाख २३, २०८१

सहिद स्मारक ‘ए’ डिभिजन लिग : मछिन्द्र र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदै

नेपालखोज २०७८ पुष १८ गते ९:२६

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग आज एउटा मात्रै खेल हुँदैछ । सातौं चरणअन्तर्गत आज मछिन्द्र र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दशरथ रंगशालामा साँझ पौने पाँच बजेदेखि हुने आयोजकले जनाएको छ ।

सातौं चरणसम्मको खेलबाट लिगको शीर्ष स्थानमा रहने टोलीले एएफसी कप छनोट खेल्न पाउने छ । मछिन्द्रले पुलिससँग हारे वा बराबरी नतिजा निकाले मस्र्याङ्दी क्लबले एएफसी कप छनोट खेल्ने पाउने एन्फाले जनाएको छ ।

मछिन्द्र ६ खेलमा १४ अंक जोडेर दोस्रो स्थानमा छ । मनाङ १६ अंक जोडेर शीर्ष स्थानमा छ । पुलिस अंक तालिकाको दशौँ स्थानमा छ ।

प्रतिक्रिया