बिहीबार, चैत १५, २०८०

वर्ष २०२२ मा हलिउड

नेपालखोज २०७८ पुष २१ गते ११:११

उतार-चढाव, राम्रा-नराम्रा खबर तथा साना-ठुला कार्यक्रमका साथ २०२१ मा हामीले मनोरञ्जनको संसारमा अनेकौं कुराहरु देख्यौं । कतिपय कलाकारले हामीलाई छोडेर यो धर्तीबाटै बिदा लिए त कतिपयले आफ्नो घरमा नवजात शिशुलाई स्वागत गरे । कतिपय चलचित्रले दर्शकको माया पाए त कतिपय सिनेमा डब्बा सावित भए । कैंयन सिनेमा छायांकनमा गए , कतिपयको घोषणा भयो, कतिपयको काम रोकियो, कतिपयको निर्माण पूरा भयो, कतिपय कलाकार अनुबन्धित भए, कतिपयले पाएको काम छोडे वा छुटाइयो । यसबीच अनेकौं नयाँ जोडी बाँधिए, अनेकौं जोडी टुटे ।

यी सबै हिसाब किताब बीच मनोरञ्जनको संसार फेरि नयाँ समयमा प्रवेश गरेको छ । कोरोनाको महामारी बीच पनि संसारको मनोरञ्जन उद्योग अगाडि बढ्न र केही नयाँ कुरा प्रस्तुत गर्न तयार छ । हरौं हलिउडमा के हुँदै छ वर्ष २०२२ मा :

हलिउड मा रहनेछ सुपर हिरोहरूको बोलवाला
२०२२ मा हलिउडमा सुपरहिरोका फिल्मको बोलवाला देखिने पक्का छ । मार्वल र डीसी दुवै चलचित्र निर्माता कम्पनी आफ्ना ठूला सुपरहिरो चलचित्र प्रदर्शनका लागि तयार छन् ।

-हलिउड एक्टर रोबर्ट प्याटिन्सनको फिल्म ब्याटम्यानमा क्याटवुमन र ब्याटम्यानको आमना-सामना हुँदैछ । रोबर्टले यसपटक ब्याटम्यानलाई नयाँ ढङ्गले प्रस्तुत गर्दैछन् ।

  • The Flash र Aquaman and the Lost Kingdom पनि २०२२ मै प्रदर्शनमा आउनेछन् । यी दुवै बहुप्रतिक्षित चलचित्र हुन् ।
  • डीसी सुपरहिरोका साथ सुपरभिलेन Black Adam प्रस्तुत गर्न तयार छ । सुपरस्टार ड्वेन जोनसनले यो चलचित्रलाई रोमान्चक बनाएका छन् ।
  • २०२२ मा मार्वलको ठुलो चलचित्र Black Panther : Wakanda Forever पनि सार्वजनिक हुँद‌ैछ ।
  • ‘स्पाइडर म्यान नो वे होम’ पछि अब Doctor Strange in the Multiverse of Madness प्रदर्शनमा आउँदैछ । यो फिल्मको ट्रेलरले सबैमा उत्सुकता जगाएको छ ।
  • Thor: Love and Thunder २०२२ मा प्रदर्शनमा आउने अर्को ठूलो चलचित्र हो ।

हलिउडको एनिमेटेड चलचित्र
फेमस कार्टुन तथा टोय स्टोरीका पात्र बज लाइटइयर माथि बनेको एनिमेटेड फिल्म Lightyear को पर्खाइमा धेरै छन् । क्रिस एवान्सको यो चलचित्र जुनमा रिलिज हुनेछ ।

टम क्रुजका दुई चलचित्र
टम क्रुजको फिल्म Top Gun: Maverick यहि वर्ष रिलिज हुने सम्भावना छ । टमको अर्को ठूलो चलचित्र Mission: Impossible-7 लाई पनि २०२२ मै प्रदर्शन ल्याउने तयारी भइरहेको छ ।

अन्य ठूला हलिउड फिल्म

  • हलिउडमा २०२२ को सुरुदेखि अन्त्यसम्म प्रदर्शनमा आउने चलचित्रको सूची तयार भइसकेको छ । यसक्रममा डाइरेक्टर जेम्स क्यामरूनको फिल्म Avatar -2 पनि यही साल रिलिज हुँदैछ ।
  • Death on the Nile को रिलिज पनि नजिकिँदै छ । यो चलचित्रमा आर्मी ह्यामरले काम गरेका छन् जो अहिले यौन शोषणको आरोप झेलिरहेका छन् ।

हेरि पोटरको कुरा

  • २०२२ मा हेरि पोटरले २० वर्ष पूरा गर्दैछ । यसक्रममा Harry Potter Reunion हुँदैछ । यो शोमा हेरि पोटर फिल्मसँग जोडिएका सानाठूला सबै कलाकार एक पटक फेरि फर्कदै छन् पुराना कुराहरूको सम्झना ताजा गर्दै ।
  • Fantastic Beasts: The Secrets of Dumbledore पनि यही वर्ष रिलिज हुनेछ । यो चलचित्रको प्रोफेसर Dumbledore को कथामा केन्द्रित हुनेछ जसको प्रतिस्पर्धा ग्रिन्डलवल्डसँग हुनेछ ।

नवजात शिशुको स्वागतको तयारी

  • मार्वल एक्टर Chris Pratt पत्नी Katherine Schwarzenegger दोस्रो सन्तानको तयारीमा छन् ।
  • हलिउड एक्ट्रेस जेनिफर लरेन्स २०२२ मा आफ्नो पहिलो सन्तानलाई जन्म दिँदै छिन् । जेनिफर अहिले आफ्नो बेबी बम्प प्रदर्शन गरिरहेकी छन् ।

जसको छ विवाहको सम्भावना

  • हलिउड सुपरस्टार जेनिफर लोपेज र बेन एफ्लेकले २०२२ मै विवाह गर्न सक्छन् । बेन र जेनिफर २०२१ देखि नै सँगै छन् ।
  • किम कर्दासिनिकी बहिनी कोर्टनी कर्दासिनि र ट्रेविस बारकरको जोडी पनि बन्धनमा बाँधिन सक्छ । ट्रेविसले कोर्टनीलाई विवाहको प्रपोज गरिसकेका छन् ।

प्रतिक्रिया