मंगलबार, वैशाख ११, २०८१

१० वर्षभित्र मंगल ग्रहमा मानवबस्ती

नेपालखोज २०७८ पुष २१ गते १२:३०

वासिङ्टन । एलन मस्क संसारका सर्वाधिक धनी व्यक्ति हुन् । स्पेस एक्स तथा टेस्लाका मालिक मस्कलाई टाइम्स म्यागजिनले ‘पर्सन अफ द इयर-२०२१ ‘ पनि घोषणा गरेको छ । किप्टोकरेन्सीका खेलाडी मस्क ‘स्पेस लभर’ का रूपमा समेत प्रसिद्ध छन् । मस्क अहिले मंगल ग्रहमा मानव बस्ती बसाउने योजनामा काम गरिरहेका छन् ।

मस्कले यसलाई सपना रूपमा हेरेका छैनन् । उनले आउने १० वर्ष भित्र स्पेसएक्स मानिसलाई मंगल ग्रह पुर्‍याउन सफल हुनेछ बताउदै आएका छन् । स्पेसएक्स मस्कको अन्तरिक्ष कार्यक्रम चलाउने कम्पनी भएको उनले लेक्स फ्रिडम्यान पोडकास्टमा बताएका छन् ।

मस्क भन्छन्, हामिले हाम्रो मानव जातिलाई ‘बहु-ग्रह प्रजाति’ बनाउनुपर्छ । उनले अन्तरिक्ष यात्राका लागि प्रविधिलाई पूर्ण विकसित गर्ने स्पेसएक्सको योजना भएको जानकारी पनि दिएका छन् । मंगल ग्रहमा मानिस पुग्ने समयका सन्दर्भमा मस्क भन्छन् ‘राम्रोसँग काम भएको स्थितिमा ५ वर्ष अन्यथा बढीमा १० वर्ष लाग्न सक्छ । १० वर्ष भनेको खराब स्थिति अथवा ढिलोमा हो।’ एलन मस्कले मंगल ग्रहको मानव यात्रा अन्तरिक्षको उडान भर्ने स्पेसक्राफ्टको निर्माणमा समेत निर्भर हुने कुरा बताएका छन् ।

फ्लोरिडामा निर्माण हुँदै छ लन्चप्याड
मस्कका अनुसार स्टारसिप अहिलेसम्मको सबैभन्दा जटिल र उन्नत रकेट हो । उनको दावीअनुसार यो साच्चिकै ‘नेक्स्ट लेवल’ को छ । मस्कको अन्तरिक्ष सम्बन्धी कम्पनी स्पेसएक्सले मंगल ग्रहमा मानव बस्ति बसाउने आफ्नो लक्ष्य हासिल गर्न तीव्र गतिमा काम गरिरहेको छ । स्पेसएक्सले अमेरिकाको फ्लोरिडामा एउटा लन्चप्याड पनि निर्माण गरिरहेको छ जहाँबाट स्टारसिप रकेट उडाइनेछ ।

एक अन्तर्वार्तामा मस्कले उनको कम्पनी मंगल ग्रहको यात्राको लागत कम गर्नेदेखि लिएर स्टारसिपको डिजाइनसम्ममा काम गरिरहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया