बिहीबार, चैत १५, २०८०

पृथ्वी जयन्तीका विषयमा मनीषाको प्रश्न ?

नेपालखोज २०७८ पुष २१ गते ११:३६

क्रिसमसमा छुट्टी दिने तर पौष २७ गते, पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा छुट्टी नदिने सरकारलाई के भन्नु हुन्छ ? भन्ने प्रश्नसहितको एउटा पोस्ट मनिषा कोइरालाले आफ्नो फेसबुक वालमा साझा गरेपछि यसमा आएका केही प्रतिक्रिया :

दिपक पाल
गम्भिर कुरा हो दिज्जू हजुर ।

कृष्ण गुरुङ
मान्छे पिच्छे छुट्टी दिन त कहाँ सकिन्छ र मित्र ? फजुलको पोष्ट गरेर समय बर्बाद नगर्नुहोस् ।

युवराज चन्द्र ठकुरी
छुट्टी दे सरकार भन्छु म त ।

बिपिन राज दाहाल
शेर बहादुरलाई सोध्नुहोस् ।

बिजय खतिवडा
पादरीको दाना खानी सरकार भन्छन् ।

जेके गजमेर
इसाइको एक दिन छुट्टी चाहिँ तपाइलाई आँखा लागेछ है ? वा गज्जब सिक्नुभएछ ।

सुरेन्द्र बराइली
कठपुतली बेकामे सरकार भन्दिने हो ।

बिक्रम भट्टराई
विनाशकाले विपरीत बुद्धि….।

दिब्या खडगी
शब्द नै छैन अब यिनीहरूलाई गाली गर्न !

लिल गुरुङ
चाहिएन, अब ति इतिहाससँगै विस्थापित भयो भन्या ।

गोबिन्द गुरुङ
यस पटक बिदा होला ।

रकमराज तामाङ
राष्ट्रिय एकता ह‍ोइन एकता ध्वस्त दिवस चाहिँ मनाऔं ।

ढुंगाना सुनिल
यो पल्ट त छुट्टी दिने रे नि त सरकार ले !

रुपक साउँद
मनिषाको फेसबुक आईडी कसले चलाउँछ ?

हेमराज थापा
भारतीय दलाल, इसाईको दलालले चलाएको सरकार भन्छौं ।

उमेष शाह
पश्चिमाको कठपुतली सरकार ।

रोहित राई
समय हुदाँ नै सरकारको दिमागको ढक्कन खुलोस् !

राज चुँडाल
छुट्टी क्रिसमसमा पनि नगरौं, पृथ्वी जयन्तीमा पनि नगरौं। विद्यालय र सरकारी कार्यालयमा पृथ्वी जयन्ती मनाउने चलन गरौं ।

सफल शेर्पाली
हरेक कुरामा क्रिसमस जोड्नुपर्ने ?
तिमी छुट्टी लिएर बस न त !

सितल राजवंशी
यो छुट्टी लिने, बिदा दिने संस्कारभन्दा समय सान्दर्भिक केहि नयाँ कुरा गर्ने कुरा दिमागमा आउनु परो क्या ? के सारो छुट्टी खोजीरहेको यार ।

बिमल काफ्ले
डलरे सरकार ।

राम कुमार ल्यागुन
नेपालको सरकार बाहिरी इशारामा चल्दोरहेछ भनेर जानियो , सोझो हिसाबमा ।

डिला खरेल
विडम्बनापूर्ण, दु: खद !

सर्भेस रेग्मी
केही भनेर यो सरकारले सुन्ला जस्तो छैन ! भन्नेको मुख र लेख्ने को हात मात्रै दुख्ने हो ।

भुवन फुँयाल
व्यवस्था परिवर्तन हुनु जनताको आवश्यकता हो तर त्यो भन्दा माथि राष्ट्र हुन्छ, राष्ट्र निर्माण गर्ने व्यक्ति प्रति सदैव सम्मान व्यक्त गर्नुपर्छ ।

होम बहादुर कार्की
धार्मिक अतिवादी सोच र विचार यसलाई भनिन्छ। जो मात्र आफ्नो अर्थात् म अथवा मेरो अरु कसैको होइन जे हुन्छ मेरो हुन्छ । समाज र देश परिवर्तन गर्नको निम्ती लागिपरेको भनिएको व्यक्तिको यस्तो संकुचित सोच देख्दा दया लागेर आयो। मै लाउ मै खाँउ मै मोज गरु भन्ने सोच, विचार र व्यबहार भएको ब्यक्ति समाज र देश परिवर्तन गर्ने माध्यम कदापी बन्न सक्दैन ।

सुधाकर श्रेष्ठ
कुन सरकार को कुरा गर्नुभयो ? हजुर नेपालमा सरकार छ र म त खोजीराको छु ।

माधवराज न्यौपाने
छुट्टी माग्ने प्रतिस्पर्धा छ !
काम गर्ने प्रतिस्पर्धा चाहिँ कहिले होला ?
यसो भन्यो उसो भन्यो बिदा चाहियो !
राष्ट्र निर्माता भन्ने उनकै जयन्तिमा बिदा माग्ने ?
उनक‍ो जयन्ती कुनै उन्नत काम गरेर मनाए हुँदैन !
हुनत, क्रिसमस शनिबार पर्दा पनि विदाको सुचना निकाल्नेहरु सरकारमा हुन्जेल यसो भन्ने हिम्मत गर्दैनन् !

प्रतिक्रिया