शनिबार, जेठ ५, २०८१

४३ अंकले बढ्दा ३ अर्ब ६७ करोडको सेयर किनबेच

नेपालखोज २०७८ पुष २२ गते १५:३५

काठमाडौं । नेप्से पुनः उकालो लागेको छ । अघिल्लो दिन ३० दशमलव ३५ अंकले घटेको नेप्से साताको अन्तिम कारोबार दिन बिहीबार भने ४३ दशमलव २९ अंकले बढेर २६ सय ९२ दशमलव ४७ अंकमा पुगेको छ ।

सेन्सिटिभ इन्डेक्स पनि नौ दशमलव १६ अंकले बढेर पाँच सय ६ दशमलव १६ अंकमा पुगेको छ । दुई सय ३८ कम्पनीको ४८ हजार एक सय ६१ पटकको कारोबारमा ७३ लाख ३६ हजार तीन सय ३४ कित्ता सेयर खरिद बिक्री भएकामा कुल कारोबार रकम तीन अर्ब ६७ करोड ६८ लाख ४६ हजार तीन सय ४९ रुपैयाँ पुगेको छ ।

१३ वटा समूहको कारोबार भएकामा ट्रेडिङ र उत्पादनमूलक समूहहरूको सूचक क्रमशः १९ दशमलव ३५ र पाँच दशमलव ९८ अंंकले घटेका छन् भने बाँकी समूहहरूको सूचक बढेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक ३५ दशमलव सात अंकले बढेर १८ सय ३२ दशमलव २९ अंंकमा चढेकामा जलविद्युत् समूहको सूचक पनि ७२ दशमलव दुई अंकले बढेर २९ सय ८६ दशमलव ६४ अंकमा चढेको छ ।

निर्जीवन बिमा समूहको सूचक पनि दुई सय ४३ दशमलव ९३ अंकले बढेर १२ हजार एक सय ३९ दशमलव ६५ अंकमा चढेकामा जीवन बिमा समूहको सूचक पनि एक सय १४ दशमलव ५४ अंकले बढेर १४ हजार आठ सय ६७ दशमलव १४ अंकमा चढेको छ । यीबाहेक बिकास बैंक, फाइनान्स, होटेल तथा पर्यटन, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि बढेका छन् ।

नेप्सेमा आज तेह्रथुम पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर चार सय ९३ रुपैयाँ ९० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा नेपाल बंगलादेश बैंक ऋणपत्र २०८५ को प्रतियुनिट सेयर मूल्य तीन दशमलव ५३ प्रतिशतले घटेर एक हजार ४० रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी आज अपी पावर लिमिटेडको प्रतिकित्ता चार सय ९१ रुपैयाँ अन्तिम मूल्यमा १६ करोड ३७ लाख ६ हजार ६ सय ६८ रुपैयाँ ५० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया