मंगलबार, वैशाख ४, २०८१

इन्डियन आइडल विजेता पवनदिप नेपाल आउँदै

नेपालखोज २०७८ पुष २५ गते १४:३८

काठमाडौं । भारतीय चर्चित तथा युवामाझ रुचाइएका गायक इन्डियन आइडल २०२१ विजेता पवनदीप राजन काठमाडौं आउने भएका छन् । काठमाडौंमा प्रस्तुति दिनका लागि चर्चित गायक पवनदीप नेपाल आउने भएका हुन् ।

३६५ इभेन्ट्स एण्ड मिडियाले म्यानेज गर्ने कार्यक्रममा पवनदिपले दुई स्थानमा आफ्नो प्रस्तुति दिनेछन् । डिस्ट्रिक्ट अवार्ड एण्ड रिकग्निसन कमिटी २०–२१ रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानले आयोजना गरेको अर्वाड तथा फण्ड रेजिङ्ग कार्यक्रममा चर्चित गायक पवनदिपले काठमाडौंको पाँचतारे होटल हायात रेजेन्सीमा प्रस्तुति दिनेछन् ।

साथै यही माघ १ गते रोटरी क्लव अफ पाटन वेस्टले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा चर्चित गायक पवनदिपलाई ठमेलको लर्ड अफ ड्रिंक्स (एलओडी) मा सुन्न सकिनेछ । पवनदिप राजन इण्डियन आइडल सन् २०२१ सिजन १२ का विजेता हुन् । उक्त कार्यक्रमलाई विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय ब्राण्ड/कम्पनीले प्रायोजन गरेका छन् ।

प्रतिक्रिया