शनिबार, जेठ ५, २०८१

७३ अंकले नेप्से बढ्दा सात अर्ब १० करोड रुपैयाँको सेयर किनबेच

नेपालखोज २०७८ पुष २५ गते १५:३२

काठमाडौं । नेप्से सूचकसँगै कारोबार रकम पनि उच्च रूपमा बढेको छ । साताको पहिलो कारोबार दिन आज आइतबार नेप्से ७३ दशमलव एक अंकले बढेर २७ सय ६५ दशमलव ४७ अंकमा पुगेको छ ।

सेन्सिटिभ इन्डेक्स पनि १३ दशमलव २१ अंकले बढेर पाँच सय १९ दशमलव ३७ अंकमा पुगेको छ । दुई सय ३९ कम्पनीको ८२ हजार एक सय १३ पटकको कारोबारामा एक करोड ५० लाख ५८ हजार ६ सय २१ कित्ता सेयर खरिद बिक्री भएकामा कुल सेयर कारोबार रकम सात अर्ब १० करोड १८ लाख ३१ हजार पाँच सय ९१ रुपैयाँ पुगेको छ ।

१३ समूहको कारोबार भएकामा १३ वटै समूहहरूको सूचक बढेर नेप्से पूरै हरियो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक ३५ दशमलव तीन अंकले बढेर १८ सय ६७ दशमलव ३२ अंकमा चढेकामा जलविद्युत् समूहको सूचक पनि एक सय ४८ दशमलव १८ अंकले बढेर तीन हजार एक सय ३४ दशमलव ८२ अंकमा चढेको छ ।

निर्जीवन बिमा समूहको सूचक पनि तीन सय ७९ दशमलव ७७ अंकले बढेर १२ हजार पाँच सय १९ दशमलव ४३ अंकमा चढेकामा जीवन बिमा समूहको सूचक पनि दुई सय ९५ दशमलव ११ अंकले बढेर १५ हजार एक सय ६२ दशमलव १४ अंकमा चढेको छ । यीबाहेक विकास बैंक, फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि बढेका छन् ।

नेप्सेमा आज नेपाल हाइड्रो डेभलपर लिमिटेडको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर चार सय ४८ रुपैयाँ ८० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा सिद्धार्थ बैकको ऋणपत्र २०८६ को प्रतियुनिट सेयर मूल्य एक दशमलव ४२ प्रतिशतले घटेर एक हजार १० रुपैयाँ अन्तिम मूल्यमा सेयर कारोबार भएको छ ।

यसैगरी आज अपी पावर लिमिटेडको प्रतिकित्ता पाँच सय १६ रुपैयाँ १० पैसा अन्तिम मूल्यमा २९ करोड २२ हजार दुई सय ७३ रुपैयाँ ७० पैसाको कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया