शुक्रबार, वैशाख १४, २०८१

‘फेसबुकमा हजुरको सेरोफेरो हेर्दा आनन्द लाग्छ’

नेपालखोज २०७८ पुष २६ गते १५:१७

थप्रेक गाउँको चौतारोमा थकान बिसाउँदा…। भन्दै नेपथ्यका गायक अमृत गुरुङले राखेको तस्बिरसहितको स्ट्याटसमा आएका प्रतिक्रिया :

हीरालाल श्रेष्ठ – अमृत गुरुङ र नेपथ्यबाट अझ वास्तविक अनि नेपाली जीवनको सचित्र रूप दिने उर्जमय गीत रचना गरियोस, शुभकामना ।

बिष्णु महत – तनहुँ जिल्ला पृथ्वी राजमार्ग र सेती नदी वारिपारीको तपाईंको यात्रामा जुन उदेश्य लिनु भएको छ, सम्पूर्ण प्राप्त होस्, शुभकामना ।

ईश्वरजंग गुरुङ – गोदार नेपथ्यलाई यहाँसम्म सफलता पुर्वक ल्याउन सफल महान चर्चित गायक तथा सर्जक प्रति हार्दिक हार्दिक नमन ।

प्रेम गुरुङ – थप्रेकबाट उत्तर पश्चिम तिर हेर्नू भयो भने हाम्रो गाउँ रामादी देख्न सक्नुहुनेछ । समय मिल्यो भने हजुरको पाइलाले रामादी गाउँ टेकिदिनु भयो भने म आफैं पुगेको महसुस गर्ने थिएँ ।

सुजिन अन्जली – उमेर र समय अनुसार चौतारीमा बस्दाको भावना र अनुभवको प्रस्फुटन फरक स्वाद र शैलीमा हुँदो हो क्यार । आज तिलचामले कपाल हुँदा अर्कै होला । अल्लारे उमेरको अमृत गुरुङले कुनै बेला आजभन्दा (झण्डै २७ – २८ वर्ष अघि) चौतारीमा बसेर माया प्रेमको गीत लेखेर गाएको थियो नि, सम्झिनुस्, त । माया पिरिम् पनि उमेर अनुसार अर्कै खाले होला ।

रामरवि तामाङ – आजभोलिका चौतारामा त एकभारी घाँस र एउटा भरिया बिसाई मार्न नि नमिल्ने साँघुरा भै सकेछ्न्, सुन्दर यात्रा, सुन्दर तस्बिर ।

नवीन घिमिरे – धेरै हिड्नुहुन्छ, जुत्ता चाहिँ कुन लगाउनुहुन्छ । तपाईंको लिस्टमा पर्ने लगाउने र बोक्नै पर्ने कुराको पनि चर्चा गर्नुहोस् न ।

जाङबु शेर्पा – फेसबुकमा हजुरको सेरोफेरो हेर्दा धेरै आनन्द लाग्छ ।

फिजा आरएल मल्ल ठकुरी – चितिस्वराको चक्रेश्वर महादेवको दर्शन गर्न र त्यहाँबाट देखिने प्रकृतिको सुन्दरतालाई अवलोकन गर्न नभुल्नू होला ।

राजेन्द्र उपाध्याय – तामझामका साथ होटेल रेस्टुरेन्टमा खाना खाएको अनि विदेश सयर गरेको फोटा सामाजिक संजालमा राखेर रवाफ देखाउने कलाकारहरुले केही सिकून हजुरबाट !

सुभाष सापकोटा – इग‍ो, एटिच्युट, स्टान्डर, पपुलारिटि आदि केहि होइन भन्ने बिशाल उदाहरण, धेरै कलाकारहरुले तपाईबाट धेरै सिक्नु छ ।

अतरि गुरुङ – हजुरलाई प्राय एक्लै देखिन्छ, जहान परिवार कहाँ कता होला देख्न र सुन्न पाए सुनमा सुगन्ध हुन्थ्यो कि भन्ने एउटा चासोनि हजुर अन्यथा नलिनु होला ।

अजय कमल महत लेजेन्डरी दाइको मौलिक नयाँ गितको प्रतीक्षामा छौं, छिट्टै सुन्न पाउने आशा बोकी बसेका छौं । तपाईंको नम्र स्वभाव नै काफी छ ।

गोर्खाली गोर्खाली – नेपालीपन, सामान्य जीवन शैली । राम्रो सोच भएका कलाकार, जय होस् ।

इन्द्र गैरे – यी सब झाेला हजुरकै हुन् ?

अरुण कृष्ण जोशि हजुरको नयाँ गीतको पर्खाइमा यी मेरा कानहरूले पनि अहिले हजुरले चौतारीमा थकाइ मारे जसरी नै थकाइ मारिरहेको छ ।

सिद्धि थापा एउटा दिल छ कति पटक जित्नुहुन्छ ?

सरोज सिग्देल – सफा अनि सुन्दर मन, तन र स्वर ।

हरिभक्त सिग्देल – कहिले नथाक्ने मान्छे, हजुरलाई पनि थकाइ लाग्छ र ?

ईश्वर शाही ठकुरी – हिँडी जाने बटुवाको घर हुन्न.. ।

विजय चाम्लिङ – अब यति घुमेर आइसकेपछि नयाँ गीत सुन्न पाइएला नि बूढा मुन्छे ?

सुमन खतिवडा – हजुर जहाँ भए नी हाम्रो मुटुमा हुनुहुन्छ ।

पूर्ण राराहाङ राई – कती दिनभयो दाजु हिडेको ?

अन्य कमेन्ट : Nice , legend , Excellent!! , Big fan , Very nice , Awesome , real hero , Love , Respect , My fev singer , amazing , Great , Suva yatra , Happy ghumgham , शुन्दर तस्विर , दाजु नमन ।

No description available.
तस्बिर : अमृत गुरुङको फेसबुकबाट

प्रतिक्रिया