शुक्रबार, वैशाख ७, २०८१

‘ध्यानद्वारा आफ्नो अस्तित्वको सौन्दर्य अनुभव गर्न सकिन्छ’

नेपालखोज २०७८ पुष २९ गते ८:०८

-सद्‌गुरु बताउँदै हुनुहुन्छ कि यदि तपाईंको खोज मुक्ति हो भनेमात्र, तपाईंले गुरुको खोज गर्नुपर्छ । सान्त्वना वा सन्तोष पाउनका लागि तपाईं गुरुको खोज नगर्नुहोस् ! तपाईं आफ्नो गुरुसँग निरन्तर असहज हुनुपर्छ, साथै तपाईंमा उनीसँग रहने तीव्र चाहना हुनुपर्छ ।
-तपाईं शारीरिक र मानसिक स्वास्थ्यलाई अलग गर्न सक्नुहुन्न, किनकि स्वास्थ्य समग्र रूपमा हुन्छ ।
-जब तपाईं अनजान मार्गमा जानुहुन्छ, तब यस्तो व्यक्तिको निर्देशन लिनु सहायक हुनेछ, जसले पहिल्यै त्यस मार्गको यात्रा गरिसकेका छन् । किनकि, जुन काम तपाईंले एक पलमै गर्न सक्नुहुने थियो, त्यसको लागि तपाईंलाई लाखौँ वर्ष समेत लाग्न सक्दछ ।
-जुन कुराप्रति तपाईं वास्तवमै सरोकार राख्नुहुन्छ, यदि तपाईं त्यो सिर्जना गर्दै हुनुहुन्छ भने, तपाईंको पूरै जीवन अवकाश (छुट्टी) हो ।
-बजारमा, कम दिनु अनि धेरै लिनुलाई चलाखी मानिन्छ । साँचो सम्बन्धमा, तपाईं आफूले सकेजति दिनुहोस्- त्यसबाट के पाउँछु भन्ने नसोचीकन ।
-विवश रहनेबाट चेतनशील हुनेतर्फ अघि बढ्नु नै मानिसका लागि अनि पूरै मानवताको लागि एकमात्र समाधान हो ।
-हामीभित्र जे हुन्छ, त्यो कहिल्यै पनि हाम्रो सेरोफेरोमा हुने चिजहरूले तय गर्दैनन् । तर दुर्भाग्यवश, हामी त्यसलाई हाम्रो सेरोफेरोमा हुने चिजहरूसँग जोड्ने गर्छौं ।
-मुस्कुराउनु कुनै कार्य होइन । यदि तपाईं आफूभित्र तृप्त अनि सहज महसुस गरिरहनुभएको छ भने, तपाईं स्वत: मुस्कुराउनु हुनेछ ।
-यदि तपाईंले आफ्नो ध्येय वा लक्ष्यलाई करुणाले मत्थर पार्नुभएन भने, तपाईं आफ्नै लागि र आफूवरपर सबैका लागि खतरा बन्न सक्नुहुन्छ ।
-ध्यान यस्तो साधन हो, जसद्वारा तपाईं आफ्नो अस्तित्वको सौन्दर्य अनुभव गर्न सक्नुहुन्छ ।

प्रतिक्रिया