आइतबार, जेठ ६, २०८१

५४ अंकले बढेर रोकियो नेप्से, २२४ कम्पनीको ६ अर्ब ६६ करोडको सेयर किनबेच

नेपालखोज २०७८ पुष २९ गते १५:४९

काठमाडौं । नेप्से बढेको छ । अघिल्लो दिन ३० दशमलव ५१ अंकले घटेको नेप्से साताको अन्तिम कारोबार दिन बिहीबार भने ५४ दशमलव १२ अंकले बढेर २८ सय ५७ दशमलव ७५ अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ९४ अंकले बढेर पाँच सय ३० दशमलव ८३ अंकमा चढेको छ ।

दुई सय २४ कम्पनीको ७७ हजार ६ सय ६८ पटकको कारोबारमा एक करोड १८ लाख ३४ हजार दुई सय १६ कित्ता सेयर किनबेच भएकामा कुल कारोबार रकम ६ अर्ब ६६ करोड ९७ लाख ४८ हजार पाँच सय ६८ रुपैयाँ पुगेको छ ।

१३ समूहहरूको कारोबार भएकामा अन्य समूहको सूचक सामान्य अंकले घटेर बाँकी समूहहरूको सूचक बढेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक नौ दशमलव ८७ अंकले बढेर १८ सय ४३ दशमलव ३८ अंकमा चढेकामा जलविद्युत् समूहको सूचक पनि एक सय ५८ दशमलव ४७ अंकले बढेर ३३ सय ९३ दशमलव सात अंकमा चढेको छ ।

निर्जीवन बिमा समूहको सूचक पनि दुई सय ८८ दशमलव ५६ अंकले बढेर १३ हजार ६८ दशमलव ४८ अंंकमा चढेकामा जीवन बिमा समूहको सूचक पनि तीन सय ४९ दशमलव ४१ अंकले बढेर १६ हजार एक सय ३९ दशमलव ७४ अंकमा चढेको छ । यीबाहेक विकास बैंक, फाइनान्स, ट्रेडिङ, होटेल तथा पयर्टन, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि बढेका छन् ।

नेप्सेमा आज मध्यभोटेकोसी जलविद्युत् कम्पनीको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९८ प्रतिशतले बढेर तीन सय ८९ रुपैयाँ २० पैसामा प्रतिकित्ता सेयर कारोबार हुँदा नेपाल बैंक ऋणपत्र २०८५ को प्रतियुनिट सेयर मूल्य भने दुई दशमलव तीन प्रतिशतले घटेर नौ सय एक रुपैयाँ ३० पैसामा कारोबार भएको छ ।

यसैगरी आज अपर तामाकोसी हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सात सय ५० रुपैयाँ अन्तिम मूल्यमा ३४ करोड ३१ लाख ४३ हजार दुई सय ४५ रुपैयाँ ७० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया