बिहीबार, वैशाख १३, २०८१

कोभिड-१९ विरुद्धको अभियानमा युवा !

नेपालखोज २०७८ पुष २९ गते १७:१०

बाँके । युवा स्वयंसेवकहरुलाई जोखिमपूर्ण सञ्चार र सामुदायिक संलग्नतासम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम नेपालगन्जमा गरिएको छ । युनिसेफ नेपालको सहयोगमा बास नेपालद्वारा सञ्चालित विकासका लागि सञ्चार कार्यक्रमअन्तर्गत नेपालगन्ज उपमहानगरपालिकामा रहेका युवाहरुलाई अभिमुखीकरण प्रदान गरिएको हो ।

१५ युवालाई नेपालगन्ज उपमहानगरपालिका तथा नेपाल-भारत सीमानाका जमुनाहमा कोभिड-१९ विरुद्ध सचेतना कार्यक्रम सञ्चालन गर्ने, नेपालगन्ज उपमहानगरपालिकाको कोभिड खोप अभियानमा सहयोग गर्ने, नेपालगन्जमा अनिवार्य मास्क अभियान सञ्चालन गर्नेलगायत सचेतनामूलक अभियान सञ्चालन गर्ने उद्देश्यले युवाहरुलाई अभिमुखीकरण गरिएको हो ।

पछिल्लो समय कोभिड-१९ को नयाँ भेरिएन्ट ओमिक्रोनविरुद्ध आमनागरिकलाई सजग गराउँदै व्यवहार परिवर्तनका लागि समुदाय स्तरमा अभियानहरु सञ्चालन गर्ने विषयमा छलफल भएको थियो । अभिमुखीकरणमा विकासका लागि सञ्चार कार्यक्रम संयोजक हेमराज भट्टले कोभिड-१९ संक्रमणको रोकथाम प्रभावकारी उपाय जनस्वास्थ्यका मापदण्डहको सही पालना, प्रभावकारी सञ्चार, व्यवहार परिवर्तनका मुद्दाहरु र समुदायमा युवाहरुले गर्न सक्ने कार्यहरुको बारेमा सहजीकरण गरेका थिए ।

अभिमुखीकरणपश्चात युवाहरुले कोभिड-१९ को संक्रमण बढ्दै गएको अवस्थामा समुदायमा सचेतना फैलाउने अभियानमा संलग्न हुन पाउँदा खुसी लागेको बताएका थिए । उनीहरुले अभिमुखीकरणबाट सिकेको कुरालाई समुदाय स्तरमा प्रयोगमा ल्याउने र आफ्नो भूमिका पूर्ण रुपमा निर्वाह गर्ने प्रतिबद्धता गरेका थिए । कार्यक्रमअन्तर्गत नेपालगन्ज उपमहानगरपालिका र जमुनाहा नाकामा नेपालगन्ज उपमहानगरपालिकाको सहकार्यमा कोभिड सचेतना अभियान सञ्चालन गरिनेछ ।

अभिमुखीकरणको सञ्चालन बासका कार्यक्रम अधिकृत रवीन्द्र बोहोराले गरेका थिए । बासले युनिसेफ नेपालको सहयोगमा बाल संरक्षण र विकासका लागि सञ्चार कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया