शनिबार, वैशाख ८, २०८१

सुनचाँदीकै मूल्य सामान्य बढ्याे

नेपालखोज २०७८ पुष ३० गते १०:४८

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीकै भाउ बढेकाे छ । छापावाल सुन आज प्रतितोला २ सय रूपैयाँले बढेर ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि २ सय रूपैयाँले नै बढेकाे छ । आज तेजाबी सुन ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजाे तेजाबी सुन ९२ हजार रूपैयाँमा काराेबार भएकाे थियाे ।

त्यस्तै आज चाँदीको मूल्य पनि ५ रूपैयाँले बढेकाे छ । आज चाँदी १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी हिजाे १२ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया