बिहीबार, वैशाख १३, २०८१

सातामा ३५ अर्ब ६५ करोड २७ लाख रुपैयाँको सेयर कारोबार

नेप्से सूचक तथा कारोबार रकम दुवैमा उच्च वृद्धि

नेपालखोज २०७८ पुष ३० गते १२:५०

काठमाडौं । यो साता नेप्से सूचक तथा कारोबार रकम दुवै उच्च अंकले बढेका छन् । नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्य दिन नै खुला रहेकामा चार कार्य दिन लगातार नेप्से बढेको थियो भने चौथो दिन घटेको थियो । सोही आधारमा नेप्से सूचक तथा कारोबार रकम दुवै यो साता उच्च अंकले बढेको हो ।

जसअनुसार नेप्से २८ सय ५७ दशमलव ७५ अंकमा पुगेर रोकिँदा सेन्सिटिभ इन्डेक्स पनि यो साता पाँच सय ३० दशमलव ८३ अंकमा पुगेर रोकिएको छ । यो साता दुई सय ३९ वटा कम्पनीको चार लाख चार हजार पाँच सय ६९ पटकको कारोबारमा ६ करोड ९२ लाख ९८ हजार पाँच सय ७२ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसबाट ३५ अर्ब ६५ करोड २७ लाख ४३ हजार एक सय ३३ रुपैयाँको सेयर किनबेच हुन पुगेको छ ।

यो कारोबार रकम गत साताको तुलनामा निकै बढी हो । गत साता भने नेप्सेमा दुई सय ४० वटा कम्पनीको दुई लाख ६९ हजार सात सय ३८ पटकको कारोबारमा चार करोड १३ लाख ७२ हजार पाँच सय ५६ कित्ता सेयर खरिद–बिक्री भएका थिए । जसबाट उक्त साता २१ अर्ब २७ करोड ८७ लाख १२ हजार छ रुपैयाँको सेयर किनबेच हुन पुगेको थियो ।

नेप्से यो साता पाँच कार्य दिन नै खुला थियो । जसमध्ये पहिलो, दोस्रो, तेस्रो र पाँचौं दिन लगातार नेप्से बढेको थियो भने चौथो दिन भने घटेको थियो । सोही आधारमा पहिलो दिन ७३ दशमलव एक अंकले बढेर दुई हजार सात सय ६५ दशमलव ४७ अंकमा पुग्न सफल भएको नेप्से अन्तिम कारोबार दिन पनि ५४ दशमलव १२ अंकले बढेर दुई हजार आठ सय ५७ दशमलव ७५ अंकमा पुग्न सफल भएको थियो ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पहिलो दिन १३ दशमलव २१ अंंकले बढेर पाँच सय १९ दशमलव ३७ अंकमा पुग्न सफल भएकामा अन्तिम कारोबार दिन पनि आठ दशमलव ९४ अंंकले बढेर पाँच सय ३० दशमलव ८३ अंकमा पुग्न सफल भएको थियो ।

बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा भने यो साता नेपाल बंगलादेश बैंक, नबिल बैंक, मञ्जुश्री फाइनान्स आदि अगाडि परेका छन् भने सेयर कारोबार भएको संख्याका आधारमा नबिल बैंक, नेपाल टेलिकम, नेसनल हाइड्रो पावर कम्पनी, नबिल बैंक, आदि अगाडि परेका छन् । यसैगरी बजार पुँजीकरणका आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि अगाडि परेका छन् ।

प्रतिक्रिया