बिहीबार, वैशाख १३, २०८१

सिद्धार्थ बैंक लिमिटेडको १५ प्रतिशत लाभांश पारित

नेपालखोज २०७८ पुष ३० गते २३:५५

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको २०औं वार्षिक साधारण शुक्रबार बैंकका अध्यक्ष मनोज कुमार केडियाको अध्यक्षतामा सम्पन्न भएको छ ।

सभाले बैंकको चुक्ता पुँजी १० अर्ब ९६ करोड २२ लाख ९९ हजार एक सय ९५ रुपैयाँ मध्येबाट १४ दशमलव २५ प्रतिशत बराबरको एक अर्ब ५६ करोड २१ लाख २७ हजार छ सय ३६ रुपैंया बराबरको बोनस सेयर तथा शुन्य दशमलव ७५ प्रतिशत अर्थात आठ करोड २२ लाख १७ हजार दुई सय ४४ रुपैंया बराबरको नगद लाभांश (बोनस सेयर कर प्रयोजनका लागि मात्र) प्रदान गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।

वि.सं २०५९ सालमा स्थापना भएदेखि नै सिद्धार्थ बैंक ग्राहकवर्गको चाहाना बमोजिम सेवा प्रदान गर्न प्रतिबद्ध रहदै आएको छ । ग्राहकका लागि नवीनतम प्रविधिमैत्री सेवा विस्तार गर्दै १९ वर्षको सफल यात्रा पुरा गरेको बैंक सम्पूर्ण सेवाग्राहीहरुलाई उत्कृष्ट सेवा प्रदान गर्न सधैं प्रयत्नरत रहेको बैकले जनाएको छ ।

बढि भन्दा बढी नेपालीमाझ बैंकिङ पहुँच पुर्‍याउने उद्देश्यका साथ बैंकले हालसम्म १८९ शाखा, २०८ एटिएम, ११४ शाखारहित बैंकिङ, १ हजार ८९० पिओएसमार्फत देश भरिनै आफ्नो सञ्जाल विस्तार गरेको छ ।

प्रतिक्रिया