बिहीबार, चैत १५, २०८०

रात्रिकालीन व्यवसाय बन्द गर्ने सरकारको निर्णय

नेपालखोज २०७८ माघ १ गते १८:३७

काठमाडौं । सरकारले रात्रिकालीन व्यवसाय बन्द गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमण बढ्दै गएको भन्दै रात्रिकालीन व्यवसाय बन्द गर्ने निर्णय गरेको हो ।

कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहित कोरोना महामारीको तेस्रो लहर नियन्त्रणसम्बन्धी नयाँ आदेश जारी गर्दै सरकारले उक्त निर्णय गरेको हो । तर, राति सञ्चालन हुने रेष्टुरेन्ट भने सामाजिक दूरी कायम गरेर सञ्चालन गर्न पाइने भएको छ ।

यसैगरी, सिनेमा हलहरुमा ५० प्रतिशत दर्शक राखी सामाजिक दूरी कायम गरी सञ्चालन गरिने निर्णय भएको बताइएको छ ।

प्रतिक्रिया