बुधबार, वैशाख १२, २०८१

भारतीय कप्तान विराट कोहलीले छाडे टेस्टको कप्तानी

नेपालखोज २०७८ माघ १ गते २१:५२

काठमाडौं । ब्याट्सम्यान विराट कोहलीले भारतको टेस्ट टिमको कप्तानी छाडेका छन् । कोहलीले आज सामाजिक संजालबाट टेस्ट टिमको कप्तानी पद छाडेको बताएका छन् ।

उनले आज एक विज्ञप्ति जारी गर्दै आफूले खेलसहित हरेक काममा १२० प्रतिशत मेहनत लगाउने गरेको उल्लेख गरेका छन् । कोहलीलाई यसअघि दक्षिण अफ्रि टेस्ट सिरिजअघि नै वान डेको कप्तानीबाट हटाइएको थियो ।

विराटले टिमलाई सही दिशामा बढाउन ७ वर्षसम्म आफूले हरेक दिन कठिन मेहनत गरेको बताएका छन् । साथै यस क्रममा आफूले इमानदारी साथ काम गरेको र यसमा कुनै कसर बाँकी नराखेको उनको भनाइ छ ।

भारतका लागि कोहलीले ६८ टेस्टमा कप्तानी गरेका थिए । जसमा ४० खेलमा जित निकालेका थिए । ३३ वर्षीय कोहलीले २०१५ बाट टेस्ट टिमको कप्तानी सम्हालेका थिए ।

प्रतिक्रिया