शुक्रबार, वैशाख १४, २०८१

जेनिश उप्रेती बने भ्वाइस किड्सको विजेता

नेपालखोज २०७८ माघ १ गते २२:१८

काठमाडौं । जेनिश उप्रेती बाल गायन रियालिटी शो द भ्वाइस किड्सको विजेता बनेका छन् । शनिबार भएको ग्रान्ड फिनालेमा सबै प्रतिस्पर्धीलाई पछि पार्दै जेनिश उप्रेती बाल गायन रियालिटी शो द भ्वाइस किड्सको विजेता बनेका हुन् ।

शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट यो शो प्रशारण हुँदै आएको थियो । हरेक टिमबाट २ जना प्रतिस्पर्धीले फाइनलमा प्रतिस्पर्धा गरेका थिए । अन्तिम प्रतिस्पर्धामा पुगेका ८ जनामध्येबाट जेनिशले ‘द भ्वाइस किड्स’को उपाधि जितेका हुन् । उपाधिसँगै जेनिशले ‘द भ्वाइस किड्स’को ट्रफी, १५ लाखकोे चेक र विभिन्न गिफ्ट ह्याम्पर जितेका छन् ।

जेनिशलाई हिमालय टीभीका प्रमुख धर्मराज भुसालले ट्रफी र चेक प्रदान गरेका थिए । ६ वर्षदेखि १४ वर्षसम्मका बालबालिकाहरुको सहभागीता रहेको योे रियालिटी शोमा कोचका रुपमा प्रमोद खरेल, राजु लामा, मिलन नेवार र प्रविशा अधिकारी थिए । २० भागसम्म चलेको यो शोलाई दर्शकले अत्यधिक माया गरेका थिए ।

तस्बिर सौजन्य : हिमालय टेलिभिजन

प्रतिक्रिया