शुक्रबार, वैशाख १४, २०८१

‘प्रत्येक दिन एकपटक आफैंसँग बात मारौं’

आफूलाई कहिल्यै कमजोर सम्झनु हुँदैन यो सबैभन्दा ठूलो पाप हो ।

विवेकानन्द २०७८ माघ २ गते ८:३२

स्वामी विवेकानन्द मानिसहरुलाई सहयोग गर्न सधैं अग्रसर रहन्थे । यसलाई उनी ईश्वरको पूजासरह मान्थे । स्वामी विवेकानन्दका विचार, जीवन जीउने सूत्र तथा प्रेरणादायक विचारले हाम्रो जीवनमा ऊर्जाको सञ्चार गर्छन् ।

-जति बेला जुन कामको संकल्प गरिन्छ त्यो कामलाई त्यही समयमा पूरा गर्नुपर्छ अन्यथा मानिसहरुले आफूमाथि विश्वास गर्दैनन् ।
-जीवनमा बढी सम्बन्ध जरुरी छैन बरु ती सम्बन्धमा जीवन जरुरी छ ।
-प्रत्येक दिन एकपटक आफैंसँग बात मारौं अन्यथा हामाले संसारको सबैभन्दा महत्त्वपूर्ण व्यक्तिसँग कुरा गर्ने अवसर गुमाउने छौं ।
-मन र मस्तिष्कको टकरावमा हमेसा आफ्नो मनको कुरा सुन्नुपर्छ ।
-आफूलाई कहिल्यै कमजोर सम्झनु हुँदैन यो सबैभन्दा ठूलो पाप हो ।
-संघर्ष जति ठूलो हुन्छ, जित पनि उति नै सानदार हुन्छ ।
-मानिसहरुले तिम्रो स्तुति गरून् वा निन्दा, लक्ष्य तिमीप्रति कृपालु होस् वा नहोस्, तिम्रो मृत्यु आजै होस् वा एक युगपछि परिस्थिति जास्तोसुकै होस् न्यायको पथबाट कहिल्यै विचलित नहोऔं ।

विद्यार्थीका लागि
-अध्ययनका लागि एकाग्रता आवश्यक हुन्छ भने एकाग्रताका लागि ध्यान आवश्यक हुन्छ । ध्यानबाटै हामीले इन्द्रीयहरुमाथि संयम कायम गरेर एकाग्रता प्राप्त गर्न सक्छौं ।
-ज्ञान स्वयंमा वर्तमान हो, मानिसले केवल त्यसको आविष्कार गर्छ ।
-उठ, जाग र तबसम्म नरोकिऊ जबसम्म तिमीले आफ्नो लक्ष्य हासिल गर्दैनौं ।
-जबसम्म बाँचिन्छ तबसम्म शिक्षा ग्रहणको काम पनि चलिरहन्छ । अनुभव नै यो जगत्‌को सर्वश्रेष्ठ शिक्षक हो ।

प्रतिक्रिया