बिहीबार, वैशाख १३, २०८१

कोरोनाभाइरस महामारी नीतिविरुद्ध जर्मनीमा प्रदर्शन

नेपालखोज २०७८ माघ २ गते ११:३२

काठमाडौं । कोरोनाभाइरस महामारी नीतिका विरुद्ध हजारौंले जर्मनीमा जुलुस निकालेका छन् । सार्वजनिक प्रसारक एआरडीका अनुसार दक्षिणपश्चिमी शहर फ्रेइबर्गमा हजारौं मानिस सडकमा उत्रिएका हुन् ।

प्रर्दशनकारीहरूले सार्वजनिक र निजी जीवनमा प्रतिबन्धको विरोध गरेका छन् । उत्तरी बन्दरगाह शहर ह्याम्बर्गमा प्रदर्शनकारीहरूले कोभिड–१९ असन्तुष्टहरूको आलोचना गर्दै जुलुस निकालेका छन् ।

सयौं प्रदर्शनकारीले मास्क नलगाइकन ह्याम्बर्गर कुनस्टमा जुलुस निकाल्दै प्रतिबन्धको अवज्ञा गरेका छन् । अवज्ञाका कारण पुलिससँग छिटपुट झडप भएको छ । ओस्नाब्रक, श्वेरिन, म्युनिख, फर्थ र डसेलडोर्फमा हजारौं मानिसहरूले प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया